News Portal

“गजल”

हिमाली संचार संवाददाता
८५४ पटक

– उर्मिला न्यौपाने

रानीबनको बाँसुरीको धुन बिर्सिएर
सानो छँदा लगाएको गुन बिर्सिएर

खै कसरी चलेको छ त्यो जिन्दगी तिम्रो
बा-आमाले खुवाएको नुन बिर्सिएर

प्रदेशियौ किन तिमी नफर्किने गरि
लेकैभरी सेतै फुल्ने चुन बिर्सिएर

खै कसरी खुशी भा’छौ छक्क परेकी छु
हिरा पाउँदा लगाएको सुन बिर्सिएर

कहाँ गयौ नभनेरै सबै देखि लुकी
चिसो हुँदा न्यानो दिने ऊन बिर्सिएर।।

~ लम्की कैलाली ।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...