News Portal

दु:खको बेलाको विषय मात्र नबनोस् हेलिकोप्टर दुर्घटनाको छानबिन : गगन थापा

हिमाली संचार संवाददाता
४६१ पटक

काठमाडौं १७, फागुन : नेपाली कांग्रेसका नेता गगन थापाले ताप्लेजुङ हेलिकप्टर दुर्घटनाका सम्बन्धमा छानविनलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका छन् । ताप्लेजुङमा बुधबार भएको हेलिकप्टर दुर्घटनामा दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जली दिन शुक्रबार टुँडिखेलमा पुगेका नेता थापाले भने, ‘सरकारले जुन छानविन समिति बनाएको छ । यो एक दुई दिनको दुखको बेलाको मात्रै विषय नबनोस् ।’

नेपालमा हवाइ यात्रा जोखिमपूर्ण रहेको आफूले महसुस गरेको उनले बताए । थापाले भने ‘यत्रो ठूलो दुर्घटना भइसकेपछि चेतेनौं भने हामीले कहिल्यै पनि चेत्दैनौं । नेता थापाले मन्त्री अधिकारीसँग विद्यार्थी आन्दोलनदेखि नै परिचित रहेको बताउँदै आफूले धेरै कुरा सिकेको बताए ।

मन्त्री अधिकारीबारे नेता थापाको प्रतिक्रिया !

२०६० सालभन्दा अगाडिको विद्यार्थी आन्दोलनमा उहाँले निर्वाह गरेको भूमिकाबारे कम छलफल भएको छ । त्यतिखेर नेपालका दलहरुले आफ्नो प्रतिष्ठा गुमाएको र विद्यार्थी आन्दोलन थला परेको अवस्था थियो ।

त्यो बेलामा रविन्द्र अधिकारीले नेतृत्व गरेको अनेरास्ववियुले नेपालको विद्यार्थी आन्दोलनलाई पुनर्जीवित गरायो र राजनीतिक दलप्रतिको विश्वासलाई अलिकति भए पनि जोड्ने काम गर्यो ।
त्यसकै जगमा हामीले संयुक्त विद्यार्थी आन्दोलन निर्माण गरेका थियौं । हामीभन्दा सिनियर उहाँबाट केही सिक्ने मौका पायौं ।

हामीले तीनवटा संसदमा संगै रहेर काम गर्यौं । संविधानमा यो विषय पर्नुपर्छ वा पर्दैन भन्दा पनि यो संविधानसभा सफल हुनुपर्छ र नेपालका नेताहरुमा हार्दिकता सकियो भने संविधानसभा यसको शिकार हुन्छ । हार्दिकता मर्न दिनु हुँदैन र हाम्रो भूमिका त्यसमा हुनुपर्छ । उचाल्ने दुरी बढाउने काम गर्नुहुन्न भन्नेमा उहाँको नेतृत्व रह्यो ।

दोस्रो संविधानसभामा जतिबेला कांग्रेस–एमाले एकातिर र माओवादी सडकमा भएको बेला बोलचाल बन्द भएको थियो । म सम्झन्छु त्यो बेलामा हामी राति ११ बजे केपी शर्मा ओलीको घरमा भेट्न गएको, प्रचण्डलाई भेट्न गएको र दुई घण्टा कुरेर भेटेको ।
राजनीतिक विमर्शभित्र विकासको एजेण्डा मुख्य बनाउनुपर्छ भन्ने उहाँको धारणा थियो ।

एकदमै असल साथी, मैले चाहिँ कोहीसँग पनि त्यस्तो सम्बन्ध बनाउन सक्दिन होला । जो जोसँग उहाँको सम्बन्ध भयो सबैसँग असल साथीको सम्बन्ध भयो । हामी फरक फरक समितिको सभापति भएर काम गर्दा, संयुक्त बैठक गर्ने, संयुक्त पहल गर्ने गर्थ्यौं ।

हामी घुसकाण्डको बारेमा कुरा गर्छौं नि ! क्यामेरा अगाडि आउने मुस्कान मात्र होइन उहाँको । जतिखेर पनि हाँसिराख्न सक्ने, पोजेटिभ भइराख्न सक्ने, जुन कुरालाई पनि पोजेटिभ एंगलबाट हेर्न सक्ने हुनुहुन्थ्यो ।

पछिल्लो समय हाम्रो कुरा मिलेन हामीले आलोचना गर्‍यो । आलोचना गर्ने मान्छे बरु रातोपिरो हुन्थ्यो, तर उहाँ त्यसलाई पनि सकारात्मक रुपमा लिन सक्ने । एउटा राजनीतिज्ञसंग हुनुपर्ने गुण हो, हामी र हामी भन्दा पछाडिकाले सिक्नुपर्ने महत्वपूर्ण कुरा हो ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...