News Portal

मृत्युपछि हाम्रै फेसबुक एकाउन्ट पनि के हुन्छ ?

हिमाली संचार संवाददाता
५३६ पटक

तपाइको मनमा ‘मानिस मरेपछि फेसबुक एकाउन्ट के होला ?’ भन्ने जिज्ञाशा छ भने तल हामीले त्यसबारे चर्चा गरेका छौं ।

यहाँ हामीले फेसबुकको केहि यस्तो सेटिङको बारेमा बताउन गईरहेका छौं जसको बारेमा तपाइँलाई थाहा नहुन सक्छ । यी सेटिङ्ग तपाइको मृत्युसँग जोडिएको छ । यदी तपाई चाहनु हुन्छ कि मरेपछि पनि तपाइको एकाउन्ट अपडेट भईरहोस् ? यदी त्यसो हो भने सेटिङ्ग मार्फत तपाइँले मिलाउन सक्नुहुन्छ ।

त्यस्तै मरेपछि तपाइँ आफ्नो फेसबुक स्थाई रुपमै डिलिट गर्न चाहनुहुन्छ भने पनि सेटिङ्ग मार्फत मिलाउन सक्नुहुन्छ । यस्ता सेटिङ्ग सजिलै प्रयोग गर्न सकिन्छ ।

मरेपछी पनि तपाइँको फेसबुक चलिरहन्छ

यदी तपाई आफु मरेपछि पनि फेसबुक चलिरहोस् भन्ने चाहनुहुन्छ भने Settings मा गएर Manage Account मा जानु पर्छ । त्यहाँ Choose a friend भन्ने अप्सन देखिन्छ ।

त्यहाँ तपाइले आफ्नो कुनैपनि साथीलाई एड गर्न सक्नुहुन्छ जसले तपाइ मरेपछि पनि तपाइको फेसबुक एकाउन्ट अपडेट गर्न सक्छ । Add मा क्लिक गरेपछि एउटा म्यासेज तपाइको साथीलाई जान्छ र उसले स्वीकृत गरेपछि तपाइको एकाउन्टमा तपाइको साथी जोडिन्छ ।

अब तपाइको त्यस साथीले तपाइँ मरेपछि पनि तपाइको फोटो अपडेट गर्न सक्छ । तर उसले तपाइको एकाउन्ट लगइन भने उसले गर्न सक्दैन । साथै पोष्टहरु सेयर गर्न पनि सक्दैन ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...