News Portal

जीवित बाबुलाई मरेको भन्दै किर्ते गरेर नागरिकता लिने भारतीय नागरिक पक्राउ

हिमाली संचार संवाददाता
४२२ पटक

सुवास गोतामे
काठमाडौं : ज्युँदो बाबुलाई मरेको भन्दै किर्ते गरेर नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ परेका छन्। भारत विहार अररियाका शम्भुप्रसाद साहले नागरिकता अभिलेखमै नभएका व्यक्तिको नाम किर्ते गरी आवश्यक काजगपत्र बनाई जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता लिएका थिए।

२०५६ पुस १३ मा जारी नागरिकतामा साहको बुबा स्वर्गीय अनुपलाल साह लेखिएको छ। तर उनका बाबु विश्वनाथ साह हुन्। उनी जीवितै छन्। नगर पञ्चायत जोगबनीले तयार पारेको आमनिर्वाचन नामावलीमा साहको बाबुको नाम विश्वनाथ लेखिएको छ। मोरङ जिल्ला, विराटनगर ठेगाना उल्लेख गरेका साहले सुरुमा बनाएको नागरिकता हराएपछि वंशजका आधारमा काठमाडौं जिल्ला प्रशासन कार्यालयबाट २०६४ पुस १७ प्रतिलिपि लिएको पाइएको छ।

साहविरुद्ध गृह मन्त्रालयमा उजुरी परेपछि महानगरीय प्रहरी परिसर टेकुले छानबिन गरेको थियो। छानबिनका क्रममा किर्ते गरेर नागरिकता लिएको खुलेपछि साह गत साता पक्राउ परेका हुन्। उनले किर्ते नागरिकतालाई नै आधार बनाएर २०५७ मंसिरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाएका छन्। यस्तै उनले सोही नागरिकताका आधारमा विराटनगर र सिरहाको बस्तीपुरमा जग्गा खरिद गरेको पाइएको छ।

काठमाडौंको कालीमाटीमा ‘सन्त तुलसीदास फ्रुट सेन्टर प्रालि’ नामक फलफूल पसल सञ्चालन गर्दै आएका साह २०७३ जेठ २० गते सरकारी अनुगमन टोली जाँदा भागेका थिए। आन्तरिक राजस्व कार्यालयको टोलीले अनुगमन गर्न जाँदा साह नभेटिएपछि बिलबिजक तथा खाता बुझाउन पत्र काटेको थियो। किर्ते नागरिकताका आधारमा साहले काठमाडौं महानगरपालिकाबाट विवाह दर्ताको प्रमाणपत्र लिएका छन्।

महानगरीय प्रहरी परिसर टेकुका एसपी अशोक सिंहका अनुसार भारतीय नागरिक भएर झूटो व्यहोरा बनाई किर्ते गरेर नक्कली नागरिकता बनाएको आरोपमा साहमाथि अनुसन्धान भइरहेको छ। परिसरले जिल्ला प्रशासन कार्यालय मोरङलाई पत्राचार गर्दै साहको नागरिकता बनाउँदा सर्जिमिन भए नभएको र भएको भए त्यसमा को–को संलग्न थिए भन्ने व्यहोरा पठाइदिन भनेको छ।

एसएसपी सिंहले भने, ‘साहले भारत र नेपाली दुवै नागरिकता बोकेर नेपालमा व्यवसाय गर्दै आएको पाइयो। मोरङबाट केही तथ्य आएपछि नागरिकता किर्तेबारे थप रहस्य खुल्छ।’ सिंहका अनुसार साहका बाबु विश्वनाथ जीवित छन्।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...