News Portal

बोक्सीको आरोपमा माताद्वारा सुत्केरीमाठी कुटपिट

हिमाली संचार संवाददाता
७४९ पटक

काठमाडौँ : बोक्सीको आरोपमा दोलखा मालुडाडा ६ घर भएकी रस्मि उपरकोटी माथि निर्घात कुटपिट भएको छ। फागुन १२ गते राती छोरी धेरै रोए पछी के भएको रहे छ भने र उनका देवर माता भनिएकी कबिता श्रेष्ठ कहा लगे । छोरीको झारफुकका लागी गएकी उनी एक्कासि कापन थालीन ।

रश्मि काप्न थालेपछि माताले उनलाई नै बोक्सी भन्दै निर्घात कुटपिट गरिन । बिगत ७ बर्ष देखि काठमाडौ भिमसेनथानमा आफन्तसंग बस्दै आएकी ३ महिने सुत्केरी उपरकोटिलाइ माता भनिएकी कबिता श्रेष्ठकाले बोलाएर कविताको घरमानै बोक्सी भन्दै निर्घात कुटपिट गरेपछि उनि शख्त घाईते भइन ।

राती ९ बजे देखि १ बजेसम्म बच्चा सहित रस्मिलाई माताको घरमा लिएर यो बोक्सी हो भन्दै निरन्तर ४ घण्टा सम्म कुटपिट गरिएको पिडित रश्मिले बताईन ।कुटपिट मात्रै होइन उनलाई माताले तातो पन्युले शरिका बिभिन्न अंगहरुमा डामे पछि कति पिडा भयो होला यो सहिजै अनुमान लगाउन सकिन्छ ।

यसरी लगातार ४ घण्टासम्म माताबाट कुटिएपछि रश्मि अचेत अवस्थामा पुगिन । पिडित उपरकोटीलाइ बोक्सी भन्दै मरणाशन्य हुने गरि कुटपिट भएपनि छेउछाउमा रहेका छिमेकि भने रमिते बने ।
यसरी आफुमाथी निर्घात कुटपिट हुदा छिमेकीहरु रमिते बनेर बसे पछिको पिडाले उनलाई झन बढि दुखाई भयो ।

त्यसपछि उनले अन्य कुनै पनि बिकल्प न भेटाएपछि रस्मिले फागुन १४ गते महानगरीय प्रहरी परिसर टेकुमा उजुरी दिइन । उनको उजुरी दर्ता पछि प्रहरीले श्रेष्ठको खोजि कार्य गर्यो । बोक्सीको आरोपमा कुटिएकी पीडित महिला वीर अस्पतालमा उपचार सम्भव नभए पछि ट्रमा सेन्टरको इमर्जेन्सी कक्षमा भर्ना भइन ।

बोक्सीको आरोपमा कुटपिट गर्ने माता भनिएकी श्रेष्ठलाइ प्रहरीले पक्राउ पनि गरेको छ । महानगरीय प्रहरी परिसर टेकुले आज कोटेश्वर आफन्तकोमा लुकेर बसेको अवस्थामा श्रेष्ठलाइ पक्राउ गरेको जनाएको छ । उनि माथी अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

तलको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्

https://www.youtube.com/watch?v=dHBvNDolcx0

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ६ गतेको राशिफल

आज पुष ६, २०८२ (डिसेम्बर २१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...