News Portal

प्रदेशसभा नियमावली संशोधनमा कांग्रेसको ‘नोट अफ डिसेन्ट’

हिमाली संचार संवाददाता
५११ पटक

कुमार लुइँटेल
विराटनगर : प्रदेश–१ को प्रदेशसभा नियमावली संशोधन गर्न गठित समितिको एउटा प्रस्तावमा प्रमुख विपक्षी कांग्रेसका सांसदले ‘नोट अफ डिसेन्ट’ जनाएका छन् । विपक्षी संघीय समाजवादी फोरमले भने नियमावली संशोधनका लागि प्रस्ताव गरिएका विषयमा समर्थन गरेको छ ।

सरकारपक्षीय सदस्यसँग मत बाझिएपछि कांग्रेसले ‘नोट अफि डिसेन्ट’ लेखेको छ । प्रदेशसभामा नाम र राजधानी कसले प्रस्ताव गर्ने भन्ने विषयमा विपक्षी कांग्रेसले फरक मत राखेको हो ।

प्रदेशसभाले नियमावली संशोधन गर्न नेकपाका सांसद तुलसीप्रसाद न्यौपानेको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको थियो । समितिलाई पन्ध्र दिनभित्र प्रतिवेदन पेश गर्न समय दिएको थियो । समितिले लगातारको छलफल गरी संशोधन गर्ने विषय छनोट गरेको थियो ।

सात सदस्यीय मस्यौदा समितिमा नेकपाबाट राजकुमार ओझा, कुसुम श्रेष्ठ र लक्ष्मण तिवारी, नेपाली कांग्रेसबाट प्रमुख सचेतक केदार कार्की, लीला सुब्बा र संघीय समाजवादीबाट जयराम यादव सदस्य थिए । “नियमावली संशोधन समितिले प्रतिवेदन बनाएर अब सदनमा लग्ने तयारी छ,” कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले भने, ‘‘अहिलेको नियमावलीमा संसदमा नाम र राजधानी प्रवेश गराउने व्यवस्था थिएन ।

नेपाली कांग्रेसका प्रमुख सचेतक कार्कीले आफूहरुले सरकारले नै सदन समक्ष नाम र राजधानीको प्रस्ताव ल्याउने दफा राखिनुपर्ने प्रस्ताव गरेको तर सहमति नभएपछि ‘नोट अफ डिसेन्ट’ लेखेको जानकारी दिए । कार्कीले नाम र राजधानीको विषयमा बढी विवाद उठेकोले सरकारले आफ्नो ठाउकोमा अपसज नलिनका लागि कुनै एक सदस्यले प्रस्ताव गरे हुने भन्ने प्रावधान राख्न लागेको जनाए ।

संघीय समाजवादी फोरमको संसदीय दलका नेता जयराम यादवले सत्तापक्षीय सांसदले प्रस्ताव ल्याउँदासमेत फरक नपर्ने भएकोले आफ्नो दलले समर्थन जनाएको बताउँदै भने, ‘‘नाम र राजधानीको प्रस्ताव मन्त्रिपरिषद्बाट पारित भएर अथवा सत्तासीन दलका सांसदले ल्याएपनि फरक नपर्ने भएकोले समर्थन गरेका हौं ।’’ अब संशोधनका विषय संसद सचिवालयले सभामुख समक्ष लग्ने र सभामुखले सदनमा पेश गरी त्यसलाई वहुमतको आधारमा पारित गराउने यादवले जानकारी दिए । सदनमा फेरि कुनै विषयमा चित्त नबुझे संशोधन प्रस्ताव हाल्न सकिने उनले बताए ।

शून्य समय विषयमा टिपाउने भनिएकोमा फोरमले समेत असहमति जनाएछि त्यो पहिल्यैकै जस्तो कायम भएको छ । तर विशेष समयमा भने विषय टिपाउनु पर्ने प्रावधान थप गरिएको छ । शून्य समयको अवधि ३ मिनेटबाट घटाएर २ मिनेट बनाइएको छ । मुख्यमन्त्री तथा मन्त्रीहरुलाई संसदमा सांसदहरुले प्रश्नोत्तरमा जवाफ माग्ने र  संवैधानिक प्रमुख वा सदस्यको विषयमा महाअभियोग लगाउन सक्ने प्रावधान थप भएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...