News Portal

कविता – उदासी अधरहरू 

हिमाली संचार संवाददाता
५३४ पटक

            राजबाबु श्रेष्ठ ‘सागर’ 

मेरा हाँसोहरू
निदाएका छन् अचेल
आँसुहरू बिसाएका छन्
थाकेर धाक्रेले धाक्रो बिसाए झैं

उर्लदैंन अचेल
आँसु पनि उन्मत्त भएर
बर्खेको भेल झैं
कसैको भावनाको
अन्त्येष्टि हुँदा पनि

बन डढेको सबैले देख्छ
तर मन डढेको
कसैले न देख्दो रहेछ

त्यसैले होला
अचेल मेरा परेलीहरू रुष्ठ छन्
अधरहरू पनि उदास छन्
नयनहरू सुकेका छन् रानी पोखरी झैं
खुसीहरूको उद्यानमा फकृन छाडे
अचेल मुस्कानका मुनाका कोपिलाहरू

केवल सुकिरहेछ
अँगेनाको बिस्कुन झैं
मेरा खुसीका बगरहरू निराशाका खडेरीमा
केवल एकोहोरो पर्खाइ छ
भार्याले खसमको प्रतिक्षा गरे झैं
मधुमासको झरी बनी कहिले रुझाउला
मेरा ती सुकेका खुसीका बगरहरू ।।

गौशाला न. पा. वडा न. १, महोत्तरी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २८ गतेको राशिफल

आज पुष २८, २०८२ (जनवरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

ग्रामलक्ष्मीको १६औँ वार्षिक साधारण सभा सम्पन्न

रबिन्द्र बराल/ मोरङ, पुष २७ – मोरङको रंगेली नगरपालिका–७ मा अवस्थित ग्रामलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले...

सलमान खानको फिल्ममा काम गर्दै गर्दा प्रशान्त तामाङको निधन

काठमाडौँ, पुष २७ – चर्चित गायक तथा अभिनेता प्रशान्त तामाङको आइतबार हृदयघातका कारण निधन भएको...

१८ महिनापछि सिमलताल दुर्घटनाको बसको अवशेष फेला

नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट त्रिशूली नदीमा खसेर १८ महिनादेखि बेपत्ता भएका दुई बसमध्ये एउटाको अवशेष फेला...

आज २०८२ साल पुष २७ गतेको राशिफल

आज पुष २७, २०८२ (जनवरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...