योगेश भट्टराईको प्रश्न : सात जनालाई हालेर किन उडान गरियो ?
१५ फागुन, काठमाडौं : नेकपाका नेता तथा ताप्लेजुङ्का सांसद योगेश भट्टराईले हेलिकप्टरमा सात जना हालेर उडाइएप्रति प्रश्न गरेका छन। भिआइपीको उडानमा पाइलटकसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न नमिल्ने उनले फेसबुकमा लेखेका छन्।
भट्टराई कै निर्वाचन क्षेत्रमा हेलिकप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको घटनालाई लिएर उनी फेसबुकमा लेख्छन्– ‘भीआइपी उडानमा पाइलटसहित पाँच जनाभन्दा बढी पाथिभरामा उडान गर्न मिल्दैन भनेर केहीलाई सुकेटार वा ताप्लेजुङ् बजार मै झारेर मात्र पाथिभरा उडान गर्दै आएका छन्, पाइलटहरूले। तर आज मौसम खराब हुँदाहुदै ७ जनालाई लिएर किन उडान गरियो? समयले उत्तर माग्छ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा पर्यटनमन्त्री अधिकारीसहित सातै जनाको मृत्यु
http://himalisanchar.com/2019/02/10644

















