News Portal

भारत र पाकिस्तान बिच किन युद्ध हुँदै छ ?

हिमाली संचार संवाददाता
५०३ पटक

काठमाडौं – भारतले मंगलबार पाकिस्तानी भूमिमा वायु यानद्वारा बम हमला गरेको र करिब ३ सय आतंककारी मारिएको बताए पनि पाकिस्तान सरकारले कुनै मानवीय क्षति नभएको बताएको छ ।

भारतीय विमान पाकिस्तानी नियन्त्रण रेखाभित्र बालाकोट क्षेत्रमा प्रवेश गरेको भन्दै पाकिस्तानले आपत्ति जनाएको छ ।

यसैवीच पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्विटमार्फत ४ वटा तस्वीरहरु सार्वजनिक गरेका छन् । ती तस्वीरमा भारतीय विमानले खसालेको बमले सल्लाका केही रुखहरु भाचिएका र जमीनमा खाल्डो परेको देखाइएको छ । साथै भारतीय विमानले खसाएको पेलोडको टुक्रासमेत तस्वीरमा देखाइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले भारतलाई पाकिस्तानले जवाफ दिने बताएका छन् । मंगलबार नै पाकिस्तानी सुरक्षा परिषदको आपतकालीन बैठक बसेको छ ।

पाकिस्तानी मिडियाहरुले पनि भारतीय विमान नियन्त्रण रेखाभित्र प्रवेश गरेको तर, कुनै मानवीय क्षति नभएको बताएका छन् ।

भारतीय मिडियाले भने तीन सय आतंककारी मारिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...