News Portal

भारत र पाकिस्तान बिच किन युद्ध हुँदै छ ?

हिमाली संचार संवाददाता
५२२ पटक

काठमाडौं – भारतले मंगलबार पाकिस्तानी भूमिमा वायु यानद्वारा बम हमला गरेको र करिब ३ सय आतंककारी मारिएको बताए पनि पाकिस्तान सरकारले कुनै मानवीय क्षति नभएको बताएको छ ।

भारतीय विमान पाकिस्तानी नियन्त्रण रेखाभित्र बालाकोट क्षेत्रमा प्रवेश गरेको भन्दै पाकिस्तानले आपत्ति जनाएको छ ।

यसैवीच पाकिस्तानी सेनाका प्रवक्ता मेजर जनरल आसिफ गफूरले एक ट्विटमार्फत ४ वटा तस्वीरहरु सार्वजनिक गरेका छन् । ती तस्वीरमा भारतीय विमानले खसालेको बमले सल्लाका केही रुखहरु भाचिएका र जमीनमा खाल्डो परेको देखाइएको छ । साथै भारतीय विमानले खसाएको पेलोडको टुक्रासमेत तस्वीरमा देखाइएको छ ।

पाकिस्तानी सेनाका प्रवक्ता गफूरले भारतलाई पाकिस्तानले जवाफ दिने बताएका छन् । मंगलबार नै पाकिस्तानी सुरक्षा परिषदको आपतकालीन बैठक बसेको छ ।

पाकिस्तानी मिडियाहरुले पनि भारतीय विमान नियन्त्रण रेखाभित्र प्रवेश गरेको तर, कुनै मानवीय क्षति नभएको बताएका छन् ।

भारतीय मिडियाले भने तीन सय आतंककारी मारिएको बताएका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन २ गतेको राशिफल

आज फागुन २, २०८२ ( फेब्रुअरी १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रवि लामिछानेको चेतावनी: गलत नेतृत्वले देशलाई फेरि पीडा दिलाउन सक्छ

गुल्मी, १ फागुन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले चेतावनी दिएका छन्...

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...