News Portal

भारतमा आतंकवादीले हमला गरेपछि नेपालमा मोटरसाइकल जुलुस

हिमाली संचार संवाददाता
४२९ पटक

वीरगंज : भारतमा भएको आतंकवादी हमलाको विरोधमा नेपालमा मोटरसाइकल जुलुस निकालिएको छ । मङगलबार मधेसी दलका युवाहरुले मोटरसाइकल जुलुस निकालेका हुन् ।

राष्ट्रिय जनता पार्टी राजपाका महासचिव राजेशमान सिंहको नेतृत्वमा राष्ट्रिय युवासंघ र राष्ट्रिय विधार्थीसंघका नेता कार्यकर्ताहरुले आतंकवाद विरुद्धको लडाइमा नेपालका युवाहरु भारतको साथमा रहेको सन्देश दिन मोटरसाइकल र्याली निकालेर प्रदर्शन गरेको बताए ।

वीररगन्जको श्रीपुरस्थित जिल्ला प्रहरी कार्यालय पर्सा अगाडिको लालबंगला परिसरबाट राजपाका नेता तथा युवा विधार्थीहरुले निकालेको र्याली घण्टाघर, माइस्थान, आदर्शनगर, घडी अर्वा हुदै पुनः घण्टाघर चोकमा फर्किएर कोणसभामा परिणत भएको थियो ।

मोटरसाइकल रयालीमा सहभागीहरुले आतंकवाद र आतंकवादीलाई संरक्षण दिनेविरुद्ध चर्को नारावाजी गरेका थिए । उनीहरुले नेपाल भारत मैत्री सम्बन्ध अमर रहोस् जस्ता नारा लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

कोणसभालाई सम्बोधन गर्दै राजपाका महासचिव राजेशमान सिंहले आतंकवादीको कुनै जात धर्म र सीमा नहुनेभन्दै आतंकवाद र आतंकवादीलाई विश्वबाटै समाप्त पार्न जरुरी रहेको बताए। उनले आतंकवाद विरुद्धको लडाइमा भारतलाइ साथ दिन नेपालका युवाहरु तयार रहेको समेत बताए ।

प्रतिकृया दिनुहोस्

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...