News Portal

नौमुलेको निर्माणधिन हाइड्रोपावरको काम ७० प्रतिशत सम्पन्न

हिमाली संचार संवाददाता
७९१ पटक
कृष्ण प्रसाद अधिकारी

दैलेख जिल्ला नौमुले गाउँपालिका वडा नं ५ मा निर्माणधिन हाइड्रोपावरको बिद्युत उत्पादन भवन ।

दैलेख १४, फाल्गुन : जल स्रोतको धनी देश भए पनि बिद्युतको पहुँचमा भने पछाडी परेको नेपाल ८३ हजार मेगावट क्षेमता भएपनि नेपाललाइ नै चाहिएको बिद्युत उत्पादन गर्ने सकेको छैन ।

दैलेखमा पछेल्ला केही बर्षमा बिद्युतमा अगाडी बढेको पाइन्छ यसै अन्तर्गत नौमुले गाउँपालिकाको द्धारी खोलामा हाइड्रोपावर निमार्ण भए यता दैलेखमा बिद्युतको समस्या केही सम्मा सामाधान भएको छ ।

पछिल्लो चरण नौमुलेमा १ हाइड्रोपावर बनिसेको छ भने २ वटा बन्ने प्रकृयामा छन । हाल नौमुले गाउँपालिका वडा नं. ५ मा बन्दै गरेको हाइड्रोपावरको काम लगभग ७० प्रतिशत सम्पन्न भएको छ ।

डोल्ती हाइड्रोपावर कम्पनी प्रा.लि ले बनाउँदै गरेको नौमुले ५को हाइड्रो पावरको विद्युत उत्पादन कक्ष नौमुले गाउँपालिकका वडा नं ५ मा र यसको पाइपलाइन माथेल्लो भाग वडा नं ४ मा पर्दछ ।

करिब ३२सय मिटरको लवाई नहर र पाइपलाइन रहेको उक्त हाइड्रोपावरको क्षमता ४.५ मेगावट रहेको छ । हाल उक्त निर्माण धिन हाइड्रोपावरमा २३ जनाले प्रत्यक्ष र करीब ५०० जनाले अपत्यक्ष रोजगार पाएको हाइड्रोपावर नोमुलेका आयोजना प्रमुख अनिल खनालले जानकारी दिनुभएको छ ।

हाइड्रोपावर निर्माण भए पश्चात ३५ बर्ष सम्मा डोल्ती हाइड्रोपावर कम्पनी प्रा.लिलै नै सञ्चालन गर्ने र ३५ बर्ष पछाडी मात्र नेपाल सरकारलाइ हस्तान्तरण गर्ने जनाइएको छ हाइड्रोपावर २ बर्षमा सम्पन्न गर्ने लक्ष्य अनुसार हाल सम्म ७० प्रतिशत काम सिकएको प्रमुखको भनाइ छ ।

यसलाई २०७६ जेष्ठ दोस्रो हप्ता सम्म सक्ने गरी काम भइरहेको जनाइएको छ । जेष्ठ सम्म हाइड्रोपावरको काम सम्पन्न भए पनी बत्ति बल्न भने केही समय लाग्ने जानकारी छ । आजभोली नौमुले हाइड्रोपावर हवले चिनिएको छ ।

प्रतिकृया दिनुहोस्

घट्यो आन्तरिक हवाई भाडा, काठमाडौँ–धनगढीसम्म कति ?

काठमाडौं, पुष १८ – हवाई इन्धनको मूल्य घटेसँगै नेपाल नागरिक उड्डयन प्राधिकरणले आन्तरिक उडानको भाडा...

गोरखा-२ बाट एमालेले सिफारिस गर्‍यो विवादित पात्र चक्रे मिलनलाई

गोरखा, पुष १८ – गोरखा क्षेत्र नं–२ बाट प्रतिनिधि सभा निर्वाचनका लागि नेकपा एमालेले मिलन...

गगन–विश्वलाई भेटेर केन्द्रीय सदस्यले उठाए प्रश्न : विशेष महाधिवेशनको स्थिति के ?

काठमाडौं, पुष १८ – नेपाली कांग्रेसका केही केन्द्रीय सदस्यहरूले महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग...

कोशी नाम नअपनाई धरानका मेयर साम्पाङ अझै ‘प्रदेश नम्बर १’मै अडिग

विराटनगर, पुष १८ – प्रदेश सभाबाट औपचारिक रूपमा ‘कोशी’ नामकरण भइसकेको भए पनि धरान उपमहानगरपालिकाका मेयर...

कुँडहर सबस्टेशन मर्मतका कारण पोखरामा चार दिन बिजुली अवरुद्ध

पोखरा, पुष १८ – नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले कुँडहर सबस्टेशनमा मर्मत कार्य गर्ने...