News Portal

सिंहदरबारको फुटपाथमा नेकपाको झण्डावाल भारतीय सवारी, कहाँ छ ट्राफिक प्रहरी ?

हिमाली संचार संवाददाता
३९६ पटक

काठमाडौं : नेकपाको झन्डा, भारतीय नम्बरप्लेट ! गाडीभित्र चालक निदाइरहेका छन् । पैदलयात्रीलाई हिँड्नसमेत अप्ठेरो हुनेगरी फुटपाथमै चढाएर गाडी पार्किङ गरिएको थियो । सो गाडीपछाडि फुटपाथमै अर्को गाडी पनि पार्किङ गरिएको थियो, त्यसमा भने चालक थिएनन् । सोही स्थानमा निर्माण भइरहेको नयाँ होटल अगाडि पुरै फुटपाथ ढाकेर थुप्रै संख्यामा मोटरसाइकल पार्किङ गरिएको थियो ।

सिंहदरबारकै छेउमा रहेको खाद्य प्रविधी तथा गुण नियन्त्रण विभागको गेटमा पार्किङ गरिएको मोटरसाइकलको हावा खुस्काइरहेका थिए कार्यालयका सुरक्षागार्ड। गेट नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ गरेपछि अलिकति हावा खुस्काइ दिएको उनले बताए ।

यता, जिल्ला प्रशासन कार्यालय अगाडि हुँदै बबरमहल आउने बाटोमा नो पार्किङ लेखेको बोर्ड पनि राखिएको छ । तैपनि बाटो नै अवरुद्ध हुने गरी मोटरसाइकल पार्किङ हुने गरेको छ । त्यस आसपास एक–दुईजना ट्राफिक प्रहरी पनि घुमिरहेका देखिन्छन् ।

तर पैदलयात्रु हिँड्ने फुटपाथ यसरी अनाधिकृत पार्किङको शिकार बनिरहँदा उनीहरु मुकदर्शक बनिरहेका छन् । फुटपाथ पनि सवारी साधनले कब्जा गर्न थालेपछि पैदलयात्रु सडकमा हिँड्न बाध्य छन् । यसले दुर्घटनाको जोखिम बढाइरहेको छ । – रातोपाटी

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...