News Portal

काङ्ग्रेसको महाधिवेशन समयमै गर्नुपर्छ : डा. शेखर कोइराला

हिमाली संचार संवाददाता
३८६ पटक

विराटनगर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काङ्ग्रेसको १४ औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्ने बताएका छन।

नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा उनले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गरे । पार्टीलाई बलियो बनाउने कुरामा कसैलाई अप्ठ्यारो लाग्छ भने त्यसमा मेरो केही भन्नु छैन भन्दै पार्टी सभापति शेरबहादुर देउवाले गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु राम्रो संस्कार होइन उनले भने।

केन्द्रीय सदस्य डा. कोइरालाले सङ्गठनलाई मजबुत बनाउन १४ औँ महाधिवेशनका लागि केन्द्रीय समितिले अहिलेदेखि नै अभियानमा लाग्नुपर्ने भन्दै नेपाल विद्यार्थी सङ्घमा भएको विवादले परिणाम राम्रो नदिने सङ्केत गरे ।

उनले नेपाल विद्यार्थी सङ्घमा लाग्ने विद्यार्थीको उमेरको हद ३२ वर्ष रहेको र यसलाई बढाउने वा नबढाउने कुरामा पार्टीमा छलफल भइरहेको बताए। उनले न्यायपालिकालाई निरीह हुन नदिन र शान्तिसुरक्षालाई कसिलो बनाउन सरकार गम्भीर बन्नुपर्ने बताए ।रासस

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...