News Portal

कार्यालय प्रमुख दाहालसहित ४ जना प्रक्राउ

७७३ पटक

तेह्रथुम – लालीगुराँस नगरपालिका तेह्रथुमको वसन्तपुरमा अत्यधिक मादक पदार्थ सेवन गरी बजारमा होहल्ला गर्दै हिँडेका यातायात व्यवस्था कार्यालय लहानका निमित्त कार्यालय प्रमुख ज्ञानु दाहालसहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शनिबार बिदाको दिन घुम्न आएका दाहालसहित कार्यालयका कर्मचारी विजय दाहाल, लेखराज कटुवाल र देवान मण्डललाई वसन्तपुर बजारको बसपार्क क्षेत्रबाट पक्राउ गरिएको प्रहरी निरीक्षक देवीप्रसाद पौडेलले जानकारी दिनुभयो ।

उनीहरु चारै जनाले आपसमा झगडा गरेको र सार्वजनिक स्थानमा अपशब्द बोलेको प्रहरीले जनाएको छ । ती समूहले जिल्ला ट्राफिक प्रहरी कार्यालयका २ वटा कुर्सीसमेत भाँचिदिएका छन् । पक्राउ परेकालाई हिरासतमा राखिएको प्रहरी निरीक्षक दाहालले बताउनुभयो । उहाँका अनुसार आवश्यक कारबाहीको प्रक्रिया अगाडि बढाइएको छ । रासस

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...