News Portal

अपिल लामा सिगापुरको पढाइ छोडेर हिमाली जिल्ला मनाङमा माछापालनमै ब्यस्त

६८३ पटक

मनाङ – सिगापुरमा ‘A’ लेवल पढ्दै गरेका मनाङ नासो गाउँपालिका दानक्युका ३३ वर्षीय अपिल लामा आफ्नै गाउँमा माछापालनमा व्यस्त छन् । करीब ३ रोपनी क्षेत्रफलमा माछा फार्म बनाएर विगत डेढ वर्षदेखि उनी व्यवसाय शुरु गर्दै आएका छन् ।

समुद्री सतहबाट दुई हजार २०० मिटर उचाइमा सञ्चालन गरिएको यस माछाफार्म हिमाली जिल्लाको सबै भन्दा अग्लो स्थानमा रहेको छ । यस फार्ममा रेन्वो टा«उट जातका माछा राखिएको छ । शुरुमा हिमाली आयोजनाको रु ५६ लाख सहयोग र आफ्नो २५ प्रतिशत गरी जम्मा रु ८५ लाखमा सञ्चालन गरेको लामाले बताए ।

लामा भन्छन्, “हामी पढेका युवा विदेशमै रह्यौं भने हाम्रो देशमा को बस्ने र कसले गर्ने देशको विकास ?  विदेशमा पढेर स्वदेशमा आफ्नो गाउँठाउँमा केही गर्नुपर्छ भन्ने मान्यताले म सिंगापुरको ‘ए’ लेवलको पढाइ छोडेर आफ्नै गाउँमा यो व्यवसाय गरेको छु ।”

लामाको फार्ममा साना भुरा माछा उत्पादनका लागि आठ वटा रेस मार्ग बनाइएको छ, भने ठूला माछाका लागि ११ वटा रेस मार्ग रहेको छ । उनले शुरुमा नुवाकोट सुनखानीबाट पाँच हजार माछाका भुरा ल्याएर राखेको र त्यसमा केही माछाका भुरा हावापानी र वातावरण नमिलेर मरेको र हाल तीनै बाँचेकाबाट उत्पादन लिइरहेको बताए । यस फार्ममा हाल ७ हजार माछा हुर्किरहेका छन् ।

आफ्नै ठाउँको ताजा माछा खान पाउँदा यहाँका मानिस खुशी भएको लामाको भनाइ छ । प्रति किलो रु १ हजार ४०० मा धमाधम बिक्री भएको र ग्राहकको मागअनुसार आफूले पुराउन नसकेको लामाले बताए ।

प्रत्येक दिन १२ देखि १५ किलोसम्म माछा बेच्ने गरेको र होटल व्यवसायको लागि पुर्याउन नसकेको उनका भनाइ छ । लामा र उनकी श्रीमती दिलमाया गुरुङले सम्हाल्दै आएको यस माछा फार्मबाट मासिक रु १ लाख २० हजार भन्दा बढी आम्दानी हुने गरेको श्रीमती गुरुङले बताइन् । रासस

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...