News Portal

गाउँपालिका प्रमुख : जसले गाडी किन्ने रकमले जनतालाई किने एम्वुलेन्स

हिमाली संचार संवाददाता
४८२ पटक

प्रदेश ५ का नगर र गाउँपालिका प्रमुखहरुले आफूलाई सुविधा सम्पन्न गाडी खरिद गर्ने होडवाजी चलिरहेका बेला गुल्मीको मदाने गाउँपालिकाले भने गाडी खरिद गर्न छुट्टाएको रकमले जनताको स्वास्थ्यमा सरल पहुँच पुर्याउने उद्देश्यका साथ एम्वुलेन्स खरिद गरिद गरेको छ।

मदाने गाउँपालिका प्रमुख दानबहादुर केसी (खत्री)ले यस्तो उदाहणीय कार्य गरेका हुन। गत बर्ष प्रमुख केसीलाई गाडी किन्न रकम छुट्ट्याएका थियौं’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भण्डारीले भने, ‘उहाँले मान्नु भएन , विकट गाउँका जनता विरामी पर्दा तत्काल उपचार पाउन सकेको छैनन् उनीहरुलाई स्वास्थ्यमा सहज पहुँच पुर्याउन एम्बुलेन्स किनौं भन्नु भयो र यसै हप्ता दुई वटा एम्वुलेन्स गरि यहाँको विकट गाउँ बाँझकटेरी र सिर्सेनीमा सञ्चालनमा ल्याएका छौं ।

मदाने गाउँपालिका २ बाँझकटरी र वडा नम्वर ३ सिर्सेनीमा सञ्चालनमा ल्याइएको दुई वटा एम्वुलेन्सको मूल्य २१ लाख १४ हजार रहेको छ। एम्वुलेन्स सेवा सञ्चालनमा आएपछि गाउँवासीले तत्काल सुविधा प्राप्त गर्न पाउँदा खुशी भएका छन। गाउँपालिका प्रमुख केसीले यातायात सुविधा नपुगेका गाउँमा ७५ किलोमिटर नयाँ मोटर बाटो खनेर सुविधा समेत प्रदान गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...