News Portal

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ को मृत्यु

६५८ पटक

रुसको साइबेरिया क्षेत्रमा हेलिकप्टर दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । रुसी आपतकालिन मन्त्रालयका अनुसार एमआई-८ हेलिकप्टर स्थानीय समय अनुसार बिहान १०ः२० मा साइबेरियाको उत्तर पश्चिमी क्रासोनास्क क्षेत्रमा दुर्घटना भएको थियो ।

इगार्खा शहरभन्दा १८० किलोमिटर टाढाको दुरीमा भएको दुर्घटनामा दुर्घटनामा १५ यात्रु र ३ चालकदलका सदस्य गरी सबै १८ जनाको मृत्यु भएको छ ।

बीबीसीका अनुसार दुर्घटनाग्रस्त हेलिकप्टरले एक आयल स्टेशनमा कामदारहरु बोकेर थियो । दुर्घटनाको छानबिन भइरहेको छ । प्रारम्भिक अध्ययनअनुसार हेलिकोप्टर उड्नासाथै अर्को हेलिकप्टरले बोकेको कार्गोसँग हेलिकप्टरको प्रोपेलर ब्लेड ठोक्किएको थियो ।

रुसको यातायात मन्त्रालयले भनेको छ, ‘दोस्रो हेलिकप्टर भने सुरक्षित रुपमा अवतरण भयो र उक्त घटना हुँदा मौसमी अवस्था सामान्य थियो ।’

प्रतिकृया दिनुहोस्

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...