News Portal

  • आज २०७५ साल फागुन ११ गते, सन् २०१९ फेब्रुवरी २३ तारिख शनिबारको राशिफल

    हिमाली संचार संवाददाता
    ३९७ पटक

    ज्योतिष लक्ष्मीप्रसाद बराल ९८४१३५२१६४

    मेष – Aries

    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    प्रतिस्पर्धामा उत्रनुपरे पनि विभिन्न अवसर प्राप्त हुनेछन् र मनग्गे लाभ हुनेछ। भौतिक साधन जुट्नाले दिगो फाइदा हुने काम सुरु हुनेछ। परिस्थितिको अनुकूलताले प्रतिष्ठा जोगाउन सफल भइनेछ। मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ। यात्राको प्रक्रिया अघि बढ्नेछ। पुरुषार्थी काम सिद्ध गर्ने समय छ। साँझतिर प्रियजनसँग भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ।

    बृष – Taurus

    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    समयको मागअनुसार चल्न नसकिए पनि प्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट लाभ मिल्नेछ। साँझतिर काममा अलमल हुनेछ भने प्रतीक्षित नतिजा कमजोर देखापर्नेछ।

    मिथुन – Gemini

    का, कि, कु, घ, ङ, छ, के, को, ह
    पुरानो सम्झौता तोड्नुपर्ने आवश्यकता पर्न सक्छ। कामका लागि साइनाे गाँस्नेहरूबाट सजग रहनुपर्ला। अरूको व्यवहारले शंका उब्जाए पनि मान्यजनको सुझाव शिरोधार्य गर्दा लाभ हुनेछ। कृषि, पशुधन र अचल सम्पत्तिको उपयोग गर्ने अावश्यकता पर्न सक्छ। साँझदेखि स्वास्थ्यबाधाले सताउन सक्छ। काममा लामो समय जुट्न नसकिएला। बुद्धिको उपयोगले मात्र लाभ दिलाउनेछ।

    कर्कट – Cancer

    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    साहसी काम गरेर अरूको मन जित्न सकिनेछ। प्रतीक्षित नतिजाले पनि उत्साह जगाउनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। साँझतिर भने काम बिग्रने भयले सताउन सक्छ।

    सिंह – Leo

    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। सावधान नहुँदा हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। आलोचकहरूलाई व्यवहारले समेट्ने प्रयास गर्नुहोला। साँझतिर आयस्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम सुरुवात हुनेछ।

    कन्या – Virgo

    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    समय लागे पनि तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। ठूला व्यक्तिहरूसँग मतभेद रहनेछ। तर बाहिर आलोचना गर्नेहरूले व्यवहारमा अवसर प्रदान गर्नेछन्। परिस्थितिवश सामान्य काममा बढी अलमल हुनेछ। पारिवारिक जमघटले आनन्द दिलाउनेछ। लेखन तथा सिर्जनात्मक काममा रुचि बढ्नेछ। साँझतिर वादविवादले समस्या निम्त्याउन सक्छ, सजग रहनुहोला।

    तुला – Libra

    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    अपिरिचित व्यक्तिको विश्वास गर्दा धोका हुनेछ। भैपरी आउने खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउन सक्छ। फाइदाका लागि दोहोर्याएर प्रयत्न गर्नुपर्ला। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। साँझतिर आफन्तसँग भेटघाट हुनुका साथै स्वादिष्ट खानपानको आनन्द प्राप्त हुनेछ।

    बृश्चिक – Scorpio

    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    व्यापार, साझेदारी र सट्टापट्टामा लाभ मिल्नेछ। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगले फाइदा हुनेछ। प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्नेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। साँझतिर खर्चको जोहो गर्न कर्जा लिनुपर्ला। धनमाल बाहिरिने समय रहेको हुँदा सतर्कता अपनाउनुहोला।

    धनु – Sagittarius

    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    प्रयत्न गर्दा राम्रो उपलब्धि हातलागी हुनेछ। रोकिएको काम बन्नेछ भने जिम्मेवारी बढ्न सक्छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। अरूलाई प्रभावित पारेर फाइदा उठाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व हातलागी हुनेछ। साँझतिर श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ।

    मकर – Capricorn

    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    काममा चुनौती देखिए पनि स्थितिलाई सहज बनाउन सकिनेछ। मेहनत परे पनि भाग्यले राम्रै अवसर दिलाउनेछ। सामाजिक काममा रुचि बढ्नेछ। आवश्यक पर्दा सहयोगीहरूको साथ पाइनेछ। अभाव हट्नुका साथै दाम, नाम र इनाम प्राप्त हुनेछ। सेवामूलक कामले प्रतिष्ठा दिलाउनेछ। समय लागे पनि नाम र दाम प्राप्त हुनेछ। साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले काम बन्नेछ।

    कुम्भ – Aquarius

    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कामको चाप बढ्नेछ भने एक पटक बनिसकेको काम फेरि दोहोर्याउनुपर्ने हुन सक्छ। अवसरको खोजीमा निकै दौडधुप गर्नुपर्ला। शरीरमा कमजोरी अनुभूति हुनेछ। समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। काम पूर्ण नभए पनि प्रयत्न गर्दा आंशिक लाभ हुनेछ। अप्ठ्यारो स्थितिमा धैर्यले काम लिने चेष्टा गर्नुहोला। साँझतिर शुभचिन्तकहरूको साथ जुट्नाले लक्ष्यमा पुगिनेछ।

    मीन – Pisces

    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    प्राथमिकताका आधारमा काम गर्न नसक्दा पछि परिनेछ। बोली–व्यवहारमा अलि सजग रहनुपर्ला। हातबाट लक्ष्मी बाहिरिने सम्भावना देखिएकाले कर्जा र उधारो व्यापारमा चनाखो रहनुपर्नेछ। नियमित काममा साबिकजस्तै फाइदा भइरहनेछ। क्षणभरको मनोरञ्जन कालान्तरमा अभिशाप बन्न सक्छ। साँझतिर स्वास्थ्यमा कमजोरी देखिनाले चिताएको काम अवरुद्ध बन्न सक्छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    प्रदर्शनकारीले रवि लामिछानेलाई नख्खु जेलबाट मुक्त गरे

    काठमाडौं, भदौ २४ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई मंगलबार दिउँसो प्रदर्शनकारीहरूले...

    ओलीले राजनीतिक समाधानका लागि प्रधानमन्त्री पदबाट राजीनामा दिए

    काठमाडौं, २४ भदौ २०८२ – प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा हाल सिर्जना भएका असामान्य परिस्थितिलाई...

    प्रधानमन्त्री ओलीले राजीनामा दिए

    काठमाडौं, भदौ २४ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज पदबाट राजीनामा दिएका छन्। जेनजी समूहले...

    प्रधानमन्त्री केपी शर्मा ओलीले दिए राजीनामा

    काठमाडौं – हिजोबाट चलेको जेनजी प्रदर्शन उग्र बन्दै गएपछि प्रधानमन्त्री ओलीले पद छाडेका हुन्। काठमाडौं...

    नक्खु जेलबाट रवि लामिछाने रिहा हुने तयारी, राजधानीमा तनाव

    काठमाडौं, भदौ २४ — राजधानीमा राजनीतिक तनाव उच्च स्तरमा पुगेको छ। स्रोतका अनुसार, नक्खु जेलबाट...