News Portal

संबैधानिक निकायहरु नै भ्रष्टाचारको अखडा बन्यो : डा.भट्टराई

हिमाली संचार संवाददाता
४६१ पटक

कृष्णप्रसाद अधिकारी
दैलेख १०, फागुन : पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले राज्यका महत्वपूर्ण संबैधानिक निकायहरु न्यायलय र अख्तियार दुरुपयोग अनुसन्धान आयोग नै भ्रष्टाचारको अखडा बन्दै गएको बताउनुभएको छ ।

असल राजनिति र समावेशी विकासका लागी जन संवाद यात्रामा निस्कनुभएका डा. भट्टराईले भ्रष्चारको अखडा बन्दै गएका निकायहरु प्रति निगरानी राख्नुपर्ने धारणा राख्नुभयो ।

आज दैलेखमा नयाँ शक्ति नेपाल जिल्लाका कार्यसमिति दैलेखद्धारा आयोजिते शुसासन र सदाचार विषयक अन्तरक्रिया कार्यक्रममा डा. भट्टराईले ले भन्नुभयो ‘अब हामी सबैमा नयाँ पनको आवश्यक रहेको छ ।

दुई तिहाइ बहुमत सहितको कम्युनिष्ट पार्टीको सरकार हुँदा पनि देशमा चरम व्यापार घाटा बढेको र लगानी घटेको भन्दै उहाँले आक्रोश पोख्नुभयो । उहाँले देशको राजनीति, विकास र मुलुकको अर्थतन्त्र विकासका लागि आफु प्रधानमन्त्री हुदाँ गरेका प्रयासहरु जानकारीि गराउनुभएको छ ।

द्धन्दकालमा बेपत्ता पारिएका तथा घाइते परिवारका लागि तपाइले के गर्नुभयो भन्ने दैलेखका नागरिकका जिज्ञासामा डा.भट्टराईले आफ्नो कार्यकालमा सहिद तथा बेपत्ता परिएका परिवारको राहतमुलक कार्यक्रमहरु अघि सारेको बताउनुभयो ।

वर्तमान सरकारको नारा समृद्धि भए पनि त्यो पूरा नहुने उहाँको दाबी छ । ‘वर्तमान सरकारले भने जस्तो देशको समृद्धि र विकासले काँचुली फेर्न ५० वर्ष लाग्छ,’ उहाँले भन्नुभयो ‘हामीले अवलम्वन गरेको यात्राबाट २० वर्षभित्र देश र नागरिकको जिवनशैली रुपान्तरण गर्न सकिन्छ ।

बहुराष्ट्रिय र गौरवका ठूला योजनाहरु सञ्चालन गर्न अर्बौंका बजेट विनियोजन गर्ने र पार्टी निकटका ठेकेदारहरुलाई टेन्डर प्रक्रिया पुरा गरेजस्ता गरी गरी ठेक्का प्रदान गर्ने र त्यसैबाट कमिशन लिएर पार्टी चलाउने नेपालको संसदीय अभ्यासको चरित्र भएकोले भ्रष्टाचारको जालो यहिबाट सुरु भएको उहाँको तर्क छ ।

आफु प्रधानमन्त्री हुँदा ल्याइएको मध्यपहाडी लोकमार्ग कस्तो अव्स्थामा रहेको छ भन्ने आफ्नै आखाँले निहाल्नको लागि यो यात्रा गर्नु परेको उहाँको भनाई छ । ‘मध्यपहाडी लोकमार्ग छिटो सञ्चालनमा ल्याउन सकेनौँ भने पहाडी जनसंख्या बसाइँ सरेर सकिन्छ,’ डा. भट्टराईले भन्नुभयो ‘सडकको पहुँच बढाएर उद्योग र व्यवसाय संचालन गर्न सके मुलुकको अर्थतन्त्र उकास्नु टेवा पुग्छ ।

नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराई मध्य पाहाडी पुस्पलाल लोक मार्गको यात्रामा गत माघ १५ गते पाँचथर जिल्लाको चिवा भन्ज्याङ्गबाट असल साजनीति र समावेशि विकासका लागी जनसंवाद यात्रा गर्दै आउनुभएको छ ।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...