News Portal

न्यायको आस मार्दै निर्मलाका बाबुआमाले ७ महिना पछि अनशन छोडे

डिएनएको नाटक मात्रै !

हिमाली संचार संवाददाता
५२४ पटक

शिवराज खत्री 
धनगढी : कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको सात महिना बित्दासमेत अपराधी पत्ता लाग्न सकेको छैन। अपराधी पत्ता लगाउँन माग गर्दै थुप्रै आन्दोलन भए। निर्मलाका आमाबुवाले प्रधानमन्त्री कार्यालयको ढोकासमेत ढकढकाए। कुनै उपाए नलागेपछि निर्मलाका आमाबुवा छोरीको हत्यारा सार्वजनिक गर्न माग गर्दै झन्डै ३ महिनादेखि अनिश्चितकालीन धर्नामा बसेका थिए।

तर, उनीहरुले शुक्रबारबाट धर्ना स्थगित गरेका छन्। निर्मलाका बाबु यज्ञराज र सौतेनी आमा लक्ष्मीले ७६ बर्षीया बृद्धा दिलमाया खरेल र ३ वर्षीया बालिका आरुसी चन्दको हातबाट जुस पिउँदै अनशन स्थगित गरेका हुन्।

निर्मलाको न्यायका लागि सक्रिय अधिकारकर्मी सारदा चन्दका अनुसार निर्मलाका बुबाआमा दुबै बिरामी परेका र उनीहरुको स्वास्थ्य अवस्था निकै कमजोर बन्दै गएकाले हाललाई अनशन स्थगित गरेको जानकारी दिइन्। यसअघि दुईपटक बिरामी परेर त्रिवि शिक्षण अस्पताल काठमाडौंमा उपचार गराएर फर्किएका यज्ञराजको स्वास्थ्यमा पुनः खराबी आउन थालेपछि धर्ना स्थगित गरिएको छ। निर्मलाकी सौतेनी आमा लक्ष्मीको स्वास्थ्य दिनप्रतिदिन बिग्रन थालेपछि श्रीमान्–श्रीमती उपचारका लागि शुक्रबार नै काठमाडौं जाने उनले जानकारी दिइन्।

निर्मलाका बाबु यज्ञराजले आफ्नो र कान्छी श्रीमतीको स्वास्थ्योपचारका लागि काठमाडौं जानुपर्ने र धर्नामा बस्ने कोही नभएका कारण स्थगित गर्न लागिएको बताए। ‘मलाई माघमै डाक्टरले चेकचाँजका लागि बोलाएका थिए,’ यज्ञराजले भने, ‘पैसा नभएका कारण जान सकिनँ।’ आफूले सेवन गर्दै आएको औषधि पनि सकिएको उनले बताए।

यज्ञराजकी कान्छी श्रीमती लक्ष्मीलाई टाउँको दुख्ने, छाति दुख्ने,  शरीर फुल्नेजस्ता समस्या देखिएको छ। लक्ष्मीले आफ्नो परिवारलाई सरकारले न्याय दिन आलटाल गरेको गुनासो गरिन्। काठमाडौंमा उपचार गराएपछि फर्केर पुनः आन्दोलन थाल्ने उनले जानकारी दिइन्।

नागरिक संघर्ष समिति कञ्चनपुरकी संयोजक मीना भण्डारीको अध्यक्षतामा गत ३ फागुनमा बसेको बैठकले सरकारलाई ज्ञापनपत्र बुझाउँदै अनिश्चितकालीन धर्ना तोड्ने निर्णय गरेको थियो।

निर्मलाका अभिभावककै आग्रहमा नागरिक समाजले धर्ना तोड्ने निर्णय गरेको प्रवक्ता नरबहादुर साउदले बताए। उनका अनुसार धर्नामा विभिन्न सामान खरिद गरेको २२ हजार ३ सय ४५ रुपैयाँ तिर्न आर्थिक संकलन गर्ने निर्णय भएको छ।

धर्ना तोडेलगत्तै निर्मलाको परिवारले चाडो भन्दा चाडो हत्यारा पत्ता लगाउन अल्टिमेटमसहितको ज्ञापन पत्र सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टलाई बुझाएको छ।

डिएनएको नाटक मात्रै !

महेन्द्रनगरका अधिकारकर्मीहरुले निर्मला काण्डमा डिएन परीक्षणको नाममा सरकारले खाली नौटंकि मात्र गरेको आरोप लगाएका छन्। प्रहरीले हाल सम्म २० भन्दा बढिको डिएनए लिइसकेको भएपनि कसैको डिएनए मिलेको छैन।

‘निर्मलाको गुप्तांग पुरै धोइपखाली गरिएको छ भने भए भरका प्रमाण जलाएर नष्ट गरिएको छ, कसरी डिएनए मिल्छ त?’, सारदा चन्दले भनिन्, ‘प्रहरीले निर्मलाको संकलन गरिएको भजाइनल स्वाव नै उनको हैन।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...