News Portal

सडक दुर्घटनामा घाइते प्रदेश सांसद ओलीको निधन

हिमाली संचार संवाददाता
५११ पटक

सडक दुर्घटनामा गम्भीर घाइते दाङका प्रदेश सांसद् उत्तरकुमार ओलीको बिहीबार राति निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा राति ३ बजे ओलीको निधन भएको हो ।

केही दिनअघि घोराहीबाट लमहीतर्फ जाँदै गरेको ना ५ ख ५५२९ नम्बरको बस र लमहीबाट घोराहीतर्फ जाँदै गरेको सांसद् ओली सवार बा १८ च ६८३६ नम्बरको कार घोराही उपमहानगरपालिका-३ मसोटखोला नजिक ठोक्किदा दुर्घटना भएको थियो । उक्त घटनामा बस अनियन्त्रित भएर पल्टिँदा बसमा सवार रुकुम पश्चिम मुसीकोटकी २६ वर्षीया रमिता शर्माको मृत्यु भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते ओलीलाई कोहलपुर मेडिकल कलेजमा एक दिन राखेर थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडाैं लगिएको थियो । दाङको दंगिशरण गाउँपालिकाको श्रीगाउँमा जन्मिएका ३७ वर्षीय ओली दाङ क्षेत्र नं. ३ ‘ख’ बाट तत्कालीन एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

ओलीको शव शुक्रबार दिउँसो हेलिकोप्टरबाट दाङ ल्याउने तयारी गरिएको छ । नेकपाको केन्द्रीय कार्यालयमा श्रद्धाञ्जली गरी दाङ ल्याउने तयारी भएको पारिवारिक स्रोतले जानकारी दिएका छन् । ओलीका श्रीमती र दुई छोरा छन् । कान्तिपुर

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...