News Portal

  • वडाध्यक्षकाे याैन हर्कतकाे भिडियाे भाइरल…

    हिमाली संचार संवाददाता
    ५९७ पटक

    बारा : बाराको प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष बैजु गुप्तालाई पदबाट मुक्त गर्न नागरिक समाजले दबाब दिएको छ । केही दिनअघि कुनै होटलमा गुप्ताले यौन हर्कत गरेको भिडियो सार्वजनिक भए लगत्तै उनलाई वडाबाट सामाजिक बहिष्कारको आवाज उठेको हो ।

    बुधबार नागरिक समाज, प्रसौनीका अध्यक्ष बिनोद पटेल नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष भोला गुप्तालाई ज्ञापनपत्र बुझाउँदै बैजुलाई पदबाट हटाउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउने क्रममा गाउँपालिकाको कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति थियो ।

    केही दिनअघि वडाध्यक्ष गुप्ताको तीन मिनेट लामो यौन हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यससँगै स्थानीयको हातहातमा उक्त भिडियो पुगेको छ । उनले कुनै नेपाली युवतीसँग यौन हर्कत गरेको भिडियो उनै युवतीले खिचिरहेको देखिन्छ ।

    सो घटना बाहिर आएको केही दिन बितिसक्दा पनि उनीमाथि कुनै कारबाही नभएको भन्दै स्थानीयको पटकपटक गाउँमा बैठक (कचहरी) बसिसकेको समाजका अध्यक्ष पटेलले बताए ।

    मौखिक रूपमा धेरैपटक गाउँपालिका अध्यक्षलाई भन्दा पनि उहाँले थाहा नै नपाएजस्तै गर्नु भो,’ पटेलले भने, ‘उहाँ पनि र वडाध्यक्ष पनि एउटै पार्टीबाट (राजपा) चुनाव जित्नु भएको हो त्यसैले पनि उहाँलाई अप्ठ्यारो भएको हुन सक्छ ।

    पटेलका अनुसार वडाध्यक्षको सार्वजनिक भएको भिडियोमाथि प्रश्न गर्दा उनले स्थानीयलाई आफूलाई सकेको कानुनी कारबाही गर्न चेतावनी दिने गरेको राजधानी दैनिकले जनाएको छ।

    यता, गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले विज्ञप्तिमा भनिएजस्तो नभएको बताउँदै सो हर्कतबारे आफू अनभिज्ञ रहेको बताए । यसबारे सम्बन्धित निकायमा बुझ्ने र समाधान खोज्ने उनको छोटकरी जवाफ छ । उनले आफूमाथि लागेको यो यौन हर्कतको आरोपलाई अनावश्यक मिडियाबाजीको संज्ञा दिएका छन् ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल कार्तिक ११ गतेको राशिफल

    आज कार्तिक ११, २०८२ (अक्टोबर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    गंगाजमुना माईको मेला कार्तिक १४ गते आयोजना हुने

    धादिङ, कार्तिक १० – गंगाजमुना गाउँपालिका–५, ढाँडखर्कमा रहेको गंगाजमुना माईको मेला यस वर्ष कार्तिक १४...

    भ्रष्टाचारविरुद्ध सक्रियता देखाउन सम्पत्ति विवरण आवश्यक : लोहनी

    काठमाडौं, कात्तिक १० – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता डा. प्रकाशचन्द्र लोहनीले वर्तमान सरकारका मन्त्रीहरूले आफ्नो...

    उद्घाटन र रिबन काट्ने कार्यक्रममा नबोलाउन शिक्षामन्त्री पुनको आग्रह

    काठमाडौं, कात्तिक १० – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई औपचारिक कार्यक्रममा निमन्त्रणा...

    अमनप्रताप अधिकारीको प्रतिक्रिया — “अपशब्द बोलेँ, तर आगजनी गरेको छैन”

    काठमाडौं, कार्तिक १० – निर्देशक अमनप्रताप अधिकारीले संसद् भवनमा आगजनी गरेको आरोप अस्वीकार गर्दै आफूले केवल...