News Portal

वडाध्यक्षकाे याैन हर्कतकाे भिडियाे भाइरल…

हिमाली संचार संवाददाता
६५६ पटक

बारा : बाराको प्रसौनी गाउँपालिका–३ का वडाध्यक्ष बैजु गुप्तालाई पदबाट मुक्त गर्न नागरिक समाजले दबाब दिएको छ । केही दिनअघि कुनै होटलमा गुप्ताले यौन हर्कत गरेको भिडियो सार्वजनिक भए लगत्तै उनलाई वडाबाट सामाजिक बहिष्कारको आवाज उठेको हो ।

बुधबार नागरिक समाज, प्रसौनीका अध्यक्ष बिनोद पटेल नेतृत्वको टोलीले गाउँपालिका अध्यक्ष भोला गुप्तालाई ज्ञापनपत्र बुझाउँदै बैजुलाई पदबाट हटाउन माग गरेका छन् । ज्ञापनपत्र बुझाउने क्रममा गाउँपालिकाको कार्यालयमा प्रहरीको बाक्लो उपस्थिति थियो ।

केही दिनअघि वडाध्यक्ष गुप्ताको तीन मिनेट लामो यौन हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । यससँगै स्थानीयको हातहातमा उक्त भिडियो पुगेको छ । उनले कुनै नेपाली युवतीसँग यौन हर्कत गरेको भिडियो उनै युवतीले खिचिरहेको देखिन्छ ।

सो घटना बाहिर आएको केही दिन बितिसक्दा पनि उनीमाथि कुनै कारबाही नभएको भन्दै स्थानीयको पटकपटक गाउँमा बैठक (कचहरी) बसिसकेको समाजका अध्यक्ष पटेलले बताए ।

मौखिक रूपमा धेरैपटक गाउँपालिका अध्यक्षलाई भन्दा पनि उहाँले थाहा नै नपाएजस्तै गर्नु भो,’ पटेलले भने, ‘उहाँ पनि र वडाध्यक्ष पनि एउटै पार्टीबाट (राजपा) चुनाव जित्नु भएको हो त्यसैले पनि उहाँलाई अप्ठ्यारो भएको हुन सक्छ ।

पटेलका अनुसार वडाध्यक्षको सार्वजनिक भएको भिडियोमाथि प्रश्न गर्दा उनले स्थानीयलाई आफूलाई सकेको कानुनी कारबाही गर्न चेतावनी दिने गरेको राजधानी दैनिकले जनाएको छ।

यता, गाउँपालिकाका अध्यक्ष भोला गुप्ताले विज्ञप्तिमा भनिएजस्तो नभएको बताउँदै सो हर्कतबारे आफू अनभिज्ञ रहेको बताए । यसबारे सम्बन्धित निकायमा बुझ्ने र समाधान खोज्ने उनको छोटकरी जवाफ छ । उनले आफूमाथि लागेको यो यौन हर्कतको आरोपलाई अनावश्यक मिडियाबाजीको संज्ञा दिएका छन् ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...