News Portal

समाज कल्याणका उपाध्याक्ष बराल सहित ५ जना पदमुक्त

हिमाली संचार संवाददाता
५२० पटक

काठमाडौँ : बदनियतपूर्ण र कानुनविपरीत काम गरेको भन्दै समाज कल्याण परिषद्का उपाध्याक्षसहित ५ जनालाई पदमुक्त गरिएको छ । यही फागुन ३ गते बसेको मन्त्रपरिषद् बैठकले परिषद्का उपाध्यक्ष नीलमणि बराल, कोषाध्यक्ष वीरबहादुर ठगुन्ना, सदस्यहरु इन्द्रकुमार झा, सदस्य गोकर्णप्रसाद भट्ट र सदस्य-सचिव डिल्लीप्रसाद भट्टलाई पदमुक्त गर्ने निर्णय गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

बदनियतपूर्ण र कानूनविपरीत कार्यहरूगरी समाज कल्याण परिषद्लाई हानी पुर्‍याएकाले उनीहरूलाई पदमुक्त गर्ने निर्णय गरिएको सरकारका प्रवक्तासमेत रहेका बाँस्कोटाले प्रस्ट्याए ।

मन्त्रिपरिषद्‌ बैठकका निर्णय सार्वजनिक गर्ने बिहीबार सिंहदरबारमा आयोजित पत्रकारसम्मेलनमा मन्त्री बाँस्कोटाले समाज कल्याण परिषद्‌मा भएको आर्थिक, प्रशासनिक लगायतको अनियमितताका सम्बन्धमा प्रचलित कानुनबमोजिम थप अनुसन्धान गरी कानुनी कारबाही गर्न प्रतिवेदनको प्रतिलिपि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाउने निर्णयसमेत गरिएको जानकारी दिए ।

मुलुकमा भ्रष्टाचार र बेइमानी गर्नेलाई कानुनी कारबाही गर्न सरकार पछि नपर्ने उनले बताए । समाज कल्याणको अनियमिततापछि कारबाही अघि बढाएकोमा भ्रष्टाचार बढेको नभएर कारबाही गरेको विषयलाई प्रचार गरिदिन मन्त्री बाँस्कोटाले सञ्चारकर्मीलाई आग्रह गरे ।

यस्तै सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका (वाणिज्य तथा आपूर्ति) सचिवलाई नेपाल खाद्य संस्थानको सञ्चालक समिति अध्यक्ष तोकेको छ । राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव सूर्यप्रसाद गौतमलाई बढुवा गरी महालेखा नियन्त्रक कार्यालयको राजपत्राङ्कित विशिष्ट श्रेणीको महालेखा नियन्त्रक पदमा पदस्थापन गर्ने निर्णय गरिएको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए । बैठकले महासेनानी गणेशकुमार श्रेष्ठलाई सहायक रथी दर्जामा पदोन्नति गरी पदस्थापन गरिएको छ ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...