News Portal

  • विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्‍यो पश्चिम रुकुममा संगठन बिस्तार

    हिमाली संचार संवाददाता
    ४४१ पटक

    फागुन ६, सल्यान : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तिव्रता दिएको छ । अभियानकै क्रममा सो पार्टीले चौरजहारी नगरपालिका ७ नार्जी बजारमा जनसभा कार्यक्रम गरेको छ । कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य चिरण पुन मिलन र भर्खरै पुर्व माओवादी केन्द्र त्यागेर नेकपामा प्रवेश गरेका पुर्व ब्रिगेट भिसी शिसिर लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

    त्यसैगरी कार्यक्रममा बोल्दै पुर्व ब्रिगेट भिसी शिसिरले प्रचण्ड एमालेमा विलय भएर पुजिवादमा रमाइरहेकाले त्यस पार्टीको अस्तीत्व नभएको बताएका छन् । देशमा अबको विकल्प भनेको एकीकृत जनक्रान्ति भएको उनले बताए । विप्लवले नेतृत्व गरेको नेकपालाई साथ दिन उनले कार्यक्रममा सबैलाई आग्रह समेत गरेका थिए ।

    कार्यक्रम चौरहाजरी नगर इन्चार्ज कपिलको अध्यक्षतामा भएको थियो । त्यस्तै अभियानकै क्रममा नेकपाले आइतबार पश्चिम रुकुममा ९ वटा संगठन निर्माण गरेको छ ।

    सल्यान–रुकुम अभियान टोलीका कमाण्डर मिलनका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर २ मा दिनेशको सेक्रेटरीमा ७ सदस्यीय वडा कमिटी बनेको छ । यहाँ अनन्त प्रमुख रहेको ३ सदस्यी जनपरिषद् ९जनसत्ता० र निर्मल विक संयोजक रहेको ५ सदस्यीय युवा संगठन वडा समिती गठन गरिएको छ । इन्द्रलाल गौतम संयोजक रहेको ३ सदस्यीय गाउँ इकाइ समिती पनि यहाँ गठन गरिएको छ ।

    नगरकै वडा नम्बर ३ मा कुले खत्रीको सेक्रेटरीमा ७ सदस्यीय वडा कमिटी, सहदेब नेपाली प्रमुख रहेको ३ सदस्यीय जनपरिषद् ९जनसत्ता०, प्रदिप कार्की संयोजक रहेको ३ सदस्यी युवाको स्यालखोला इकाइ समिती, धन बहादुर विक संयोजक रहेको ३ सदस्यीय किसान स्यालखोला इकाइ समिती र मान बहादुर विक संयाजक रहेको ३ सदस्यीय दलित स्यालखोला इकाइ समिती पनि यहाँ निर्माण गरिएको छ ।

    पश्चिम रुकुममा ४ वटा टीम विभाजन गरेर अभियानलाई तिव्रता दिइएको नेकपा रुकुमले जनाएको छ । अभियानमा केन्द्रीय सदस्य मिलन, केन्द्रयीय सदस्य तथा रुकुम इन्चार्ज अटल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन, दैलेख जिल्ला इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, जिल्ला जनपरिषद प्रमुख चन्द्र बहादुर खड्का लगाएतको सहभागीता रहेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ १५ गतेको राशिफल

    आज भदौ १५, २०८२ (अगस्त ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ १४ गतेको राशिफल

    आज भदौ १३, २०८२ (अगस्त ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    गल्छीबाट १० किलो गाँजासहित युवक पक्राउ

    काठमाडौं, भदौ १३ – धादिङको गल्छी गाउँपालिका–६ बाट प्रहरी टोलीले ठूलो परिमाणको लागुऔषध गाँजासहित एक...

    अब बागमती प्रदेशमै छापिने लाइसेन्स

    हेटौंडा, भदौ १३ – बागमती प्रदेश सरकारले अब सवारी चालक अनुमतिपत्र (लाइसेन्स) आफ्नै स्तरबाट छापेर...

    चेङदुमा लक्जरी अपार्टमेन्टमा बस्ने महिला मानसिक आघातमा

    चेङदु, भदौ १३ – चीनको सिचुवान प्रान्तस्थित चेङदु सहरमा एक महिला अनपेक्षित घटनापछि मानसिक समस्यामा...