News Portal

विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले गर्‍यो पश्चिम रुकुममा संगठन बिस्तार

हिमाली संचार संवाददाता
५०४ पटक

फागुन ६, सल्यान : नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले पश्चिम रुकुममा संगठन सुदृढिकरण तथा विस्तार अभियानलाई तिव्रता दिएको छ । अभियानकै क्रममा सो पार्टीले चौरजहारी नगरपालिका ७ नार्जी बजारमा जनसभा कार्यक्रम गरेको छ । कार्यक्रमलाई नेकपाका केन्द्रीय सदस्य चिरण पुन मिलन र भर्खरै पुर्व माओवादी केन्द्र त्यागेर नेकपामा प्रवेश गरेका पुर्व ब्रिगेट भिसी शिसिर लगाएतका नेताहरुले सम्बोधन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै पुर्व ब्रिगेट भिसी शिसिरले प्रचण्ड एमालेमा विलय भएर पुजिवादमा रमाइरहेकाले त्यस पार्टीको अस्तीत्व नभएको बताएका छन् । देशमा अबको विकल्प भनेको एकीकृत जनक्रान्ति भएको उनले बताए । विप्लवले नेतृत्व गरेको नेकपालाई साथ दिन उनले कार्यक्रममा सबैलाई आग्रह समेत गरेका थिए ।

कार्यक्रम चौरहाजरी नगर इन्चार्ज कपिलको अध्यक्षतामा भएको थियो । त्यस्तै अभियानकै क्रममा नेकपाले आइतबार पश्चिम रुकुममा ९ वटा संगठन निर्माण गरेको छ ।

सल्यान–रुकुम अभियान टोलीका कमाण्डर मिलनका अनुसार चौरजहारी नगरपालिका वडा नम्बर २ मा दिनेशको सेक्रेटरीमा ७ सदस्यीय वडा कमिटी बनेको छ । यहाँ अनन्त प्रमुख रहेको ३ सदस्यी जनपरिषद् ९जनसत्ता० र निर्मल विक संयोजक रहेको ५ सदस्यीय युवा संगठन वडा समिती गठन गरिएको छ । इन्द्रलाल गौतम संयोजक रहेको ३ सदस्यीय गाउँ इकाइ समिती पनि यहाँ गठन गरिएको छ ।

नगरकै वडा नम्बर ३ मा कुले खत्रीको सेक्रेटरीमा ७ सदस्यीय वडा कमिटी, सहदेब नेपाली प्रमुख रहेको ३ सदस्यीय जनपरिषद् ९जनसत्ता०, प्रदिप कार्की संयोजक रहेको ३ सदस्यी युवाको स्यालखोला इकाइ समिती, धन बहादुर विक संयोजक रहेको ३ सदस्यीय किसान स्यालखोला इकाइ समिती र मान बहादुर विक संयाजक रहेको ३ सदस्यीय दलित स्यालखोला इकाइ समिती पनि यहाँ निर्माण गरिएको छ ।

पश्चिम रुकुममा ४ वटा टीम विभाजन गरेर अभियानलाई तिव्रता दिइएको नेकपा रुकुमले जनाएको छ । अभियानमा केन्द्रीय सदस्य मिलन, केन्द्रयीय सदस्य तथा रुकुम इन्चार्ज अटल, युवा संगठनका केन्द्रीय अध्यक्ष पाटन, दैलेख जिल्ला इन्चार्ज विवेक, पश्चिम रुकुम सेक्रेटरी चन्द्र बुढा, जिल्ला जनपरिषद प्रमुख चन्द्र बहादुर खड्का लगाएतको सहभागीता रहेको छ ।

प्रतिकृया दिनुहोस्

ओलीले भने, ‘देशभक्तिका काम गर्न नदिने हो’

काठमाडौं, फागुन ४ — नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा आयोजित चुनावी घरदैलोमा...

झापामा चुनावी संवाद: बालेन र शिक्षकबीच रोचक बहस

झापा, माघ ४ — प्रतिनिधि सभा निर्वाचनको माहोल तातिँदै जाँदा झापा–५ मा एक चुनावी कार्यक्रममा...

प्रहरी कार्यालयबाट लुटिएको पेस्तोलसहित दुई जना पक्राउ

झापा, फागुन ४ — बिर्तामोडस्थित इलाका प्रहरी कार्यालयबाट लुटिएको हतियार प्रकरणमा दुई जनालाई प्रहरीले पक्राउ...

गंगाजमुना–५ मा रमेश धमलाको घरदैलो अभियान, पञ्चेबाजासहित भव्य स्वागत

धादिङ – प्रतिनिधि सभा सदस्य निर्वाचन धादिङ क्षेत्र नं. २ का नेपाली कांग्रेस उम्मेदवार रमेश...

आज २०८२ साल फागुन ४ गतेको राशिफल

आज फागुन ४, २०८२ ( फेब्रुअरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...