News Portal

पशुपति शर्माको गीत मैले राखेको छु, मलाई थुन कम्युनिस्ट सरकार भन्दै तरुणदलका महासचिव शाही गर्जिए

हिमाली संचार संवाददाता
४८६ पटक

काठमाडौं : सरकारले युट्युबबाट पशुपति शर्माको गीत हटाएपछि नेपाली कांग्रेसले यसलाई आफ्नो एजेण्डा बनाएर शर्मालाई न्याय दिलाउन लागिपरेको छ । सोहि क्रममा विरोध स्वरुप राणाले केपी शर्मा ओली नेतृत्वको कम्युनिस्ट सरकारले गायक पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ बोलको गीतलाई प्रतिबन्द लगाएर आफ्नो अधिनायकवाद चरित्र देखाएको भन्दै गर्जियका छन् ।

‘गीत संगीत र जनताको आवाज रोक्ने अधिनायकवादी ओली सरकार नालायक साबित भएको छ’, फेसबुकमा स्टाटस लेखेर महासचिव शाहीले भनेका छन्, ‘साँच्चिकै यो ओली सरकार लुटेरा प्रमाणित भएको छ । लुट ओली लुट ।

उनले पशुपति शर्माको ‘लुट्न सके लुट् कान्छा’ चर्चित गीतलाई आफूले आफ्नै च्यानलबाट सार्बजनिक गरेको बताएका छन् । शाहीले ओलीलाई सरकारलाई चुनौती दिँदै भनेका छन्, ‘ओली सरकारले सक्छ भने पशुपति शर्मको गीतलाई मेरो आफ्नै युट्युब च्यानलमा राखेको छु । मलाई पक्राउ गरेर देखाउ ।

उनले कम्युनिस्ट सरकारले जनताको बोल्न पाउने नैसर्गिक अधिकार खोसेर ओली सरकारले अभिव्यक्ति स्वतन्त्रताको हनन् गरेको बताएका छन् ।

नेपाल तरुण दलका महासचिव शाहीले गायक शर्मालाई गीत गाएको र निकालेकै भरमा दुःख दिने, थुन्ने लगायतका कार्य भयो भने कम्युनिस्ट सरकारविरुद्ध चुप लागेर नबस्ने चेतावनी पनि दिएका छन् ।

गीतको भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस।

https://youtu.be/DxHDqpdq8Cg

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १६ गतेको राशिफल

आज पुष १६, २०८२ (डिसेम्बर ३१, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...