News Portal

नेपाली महिलालाई बेलायती सेनामा नपठाऊ संसदीय समितिको निर्देशन

हिमाली संचार संवाददाता
४६० पटक

काठमाडौं : संसदीय समितिले बेलायती सेनामा नेपाली महिलालाई नपठाउन निर्देशन दिएको छ । ब्रिटिस सेनामा झण्डै २०३ वर्षदेखि ब्रिगेड अफ गोर्खाज अभिन्न अंग जस्तै बनेको छ । बेलायतले हालै मात्र सन् २०२० सम्म नेपाली महिलालाई पनि भर्ना लिने बताएको थियो ।

तर, संसदको अन्तराष्ट्रिय सम्बन्धन समितिले नेपाली महिलालाई बेलायती सेनामा नपठाउन भनेको छ । यदि कोही गएका छन् भने फिर्ता बोलाउन पनि निर्देशन दिएको छ ।

नेपाली महिलाहरु बेलायती सेनामा जाने प्रक्रियामा रहेको सुनिएपनि यसबारे यकिन जानकारी संसदीय समितिसँग छैन । सरकारी अधिकारीहरुले भने बेलायतले प्रस्ताव गरेको जानकारी दिएको सभापति पवित्रा निरौलाले बताइन् ।

२०३ वर्ष भएछ नेपालीहरुले बेलायती सेनामा काम गरेको । कतिको मृत्यु भयो, कति घाइते भए भन्ने तथ्यांक समेत नेपाल सरकारलाई उपलब्ध गराएको छैन’ निरौलाले भनिन्, ‘पहिलो र दोस्रो विश्वयुद्धमा मृत्यु भएकाको परिवारको विजोग छ । तलबमान समान छैन भने महिलालाई किन फेरि किन पठाउने ?

नेपाली महिलालाई बेलायती सेनामा पठाउने प्रस्ताव अस्वीकार गर्नुपर्ने समितिको ठहर छ । साथै भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन पनि दिएको छ ।

भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ ।

प्रतिकृया दिनुहोस्

समानुपातिक सूचिमा हेरफेर? विपिन आचार्य विवादमा

काठमाडौँ – समानुपातिक उम्मेदवार छनोट प्रक्रियामा भएको ठूलो ‘ब्लन्डर’ पछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र...

साउदीद्वारा युएई जहाजमाथि हवाई आक्रमण, खाडीमा तनाव बढ्यो

कुवेत – साउदी अरेबियाले युएईसँगको आफ्नो राष्ट्रिय सुरक्षा जोखिममा रहेको दाबी गर्दै दुई युएई जहाज...

पोखरामा ङ्यो नासा ट्हो तमु समाजद्वारा तामु ल्होसार विशेष कार्यक्रम सम्पन्न

पोखरा, पुष १५ – पोखराको टुटुँगा स्थित ङ्यो नासा ट्हो तमु समाजले तामु ल्होसार तथा...

बन्द सूचीमा हेरफेर? रासपाभित्र भाँडभैलो सुरु

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रासपा) द्वारा शुक्रबार निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूची अहिले...

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...