News Portal

  • नेपाल स्काउटको विज्ञापन : प्रधानमन्त्रीको मोह कि, संस्थाका ‘हाकिम’हरुको चाकडी ?

    हिमाली संचार संवाददाता
    ३९४ पटक

    काठमाडौं : बालबालिकाको क्षेत्रमा काम गर्ने नेपाल स्काउटले शुक्रबार राजधानीबाट प्रकाशित हुने दुई वटा राष्ट्रिय दैनिका पूर्ण पृष्ठको विज्ञापन प्रकाशित गर्‍यो । यो विज्ञापन स्काउटको उद्देश्य जोडिएको काममा नभई नित्तान्त सरकारको एक वर्ष पूरा भएको उपलक्ष्यमा सरकारलाई दिईएको शुभकामना थियो ।

    यसरी छापिएको शुभकामनामा स्काउटका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीको तश्वीर समावेश छ भने भित्री पृष्ठमा उनले स्काउटको सम्मेलनमा विद्यार्थीहरुसँग खिचाएको तस्वीर राखिएको छ । गैर नाफामूलक संस्थाको रुपमा रहेको स्काउटले दिएको यति महंगो शुभकामनाको विषयमा भने यतिबेला सामाजिक सञ्जालमा चर्काे आलोचना सुरु भएको छ ।

    नेपालका बालबालिका तथा युवा वर्गलाई स्काउटमा आधिकाधिक मात्रामा सहभागी गराई तिनीहरूको शारीरिक, मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाउन र त्यसैको माध्यमबाट देश विकासको कार्यमा सहभागी गराउने उद्देश्यले नेपाल स्काउट ऐन २०५० को अधिनमा रही स्काउटको स्थापना भएको छ र सोही ऐन अनुसार नै यो संस्थाले काम पनि गर्दै आएको छ ।
    व्यवस्थापिका–संसद्का सदस्यहरूमध्येबाट तीनजना, राष्ट्रिय योजना आयोगका शिक्षा हेर्ने व्यक्ति, नेपाल राष्ट्र बैंकका गभर्नर, अर्थ मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र महिला तथा समाज कल्याण मन्त्रालयका सचिव समेत यो संस्थाको सदस्य हुने प्रावधान रहेको छ भने यसमा प्रधानमन्त्री संयोजक रहनेछन् । विधान अनुसार नै संरक्षकले दिएको निर्देशनको पालना गर्नु नेपाल स्काउटको कर्तव्य हुनेछ भनिएकोले यसमा प्रधानमन्त्रीको सीधा निर्देशन लागू हुनेछ ।

    नेपाल स्काउटको प्रमुख स्काउट शिक्षा तथा खेलकुद मन्त्री वा राज्यमन्त्री रहने प्रावधान रहेको छ । त्यसका राष्ट्रिय परिषद्का उपाध्यक्ष हुने प्रमुख आयुक्त राष्ट्रिय कार्यकारी समितिको अध्यक्ष रहने प्रावधान रहेको छ । यही समितिले नै सबै कार्यकारी भूमिका निर्वाह गर्दछ । नेपाल स्काउटमा नेपाल सरकारबाट प्राप्त रकम,
    अन्र्तराष्ट्रिय संघ, संस्था, विदेशी सरकार वा एजेन्सीबाट प्राप्त रकम, कुनै व्यक्ति वा संस्थाले चन्दा वा सहायता स्वरूप प्रदान गरेको रकम र सदस्यता शुल्कबाट प्राप्त रकम नै आम्दानीको स्रोत हुने स्पष्ट व्यवस्था गरिएको छ ।

    यसरी सरकारको महत्वपूर्ण स्वामित्वमा रहेको संस्थाले सरकारको एक वर्षे कार्यकाल पूरा भएको हर्षाेत्सव मनाउनको लागि झण्डै ३० लाख भन्दा बढी रुपैयाँको महंगो विज्ञापन गर्नुलाई कतिपयले प्रधानमन्त्रीको विज्ञापन मोह भनेर टिप्पणी गरेका छन् भने कतिपयले स्काउट नेतृत्वले प्रधानमन्त्रीको भक्ति गर्नको लागि गरेको विज्ञापनको रुपमा समेत लिएका छन् ।

    नेपाल स्काउटका सूचना अधिकारी रविराज पौडेल अरु नै संस्थाको सहयोगमा कार्यकारी समितिको निर्णयानुसार नै यस्तो भएको हुनसक्ने बताउँछन् । उनले यस विषयमा आफू स्पष्ट नभएको भएपनि यो स्काउटले नै निर्णय गरेर गरेको बताए । यस अघि पनि १०० दिनको कार्यकाल पूरा गरेको बेलामा स्काउटले यस्तो शुभकामना दिएको थियो ? भन्ने प्रश्नमा उनले यस अघि यस्तो विज्ञापन दिएको जानकारी आफूलाई नभएको प्रतिक्रिया दिए । यस अघि तत्कालीन नेकपा एमालेका नेता माधव कुमार नेपालले पनि एक वर्षे प्रधानमन्त्रीको कार्यकाल पूरा गरेका थिए ।

    यसरी प्रधानमन्त्रीको सीधा निर्देशन लागू हुने स्काउटमा प्रधानमन्त्री ओलीकै चाहाना अनुसार पनि यस्तो विज्ञापन गरिएको आरोप समेत लाग्ने गरेको छ । यद्यपि स्काउटका एक अधिकारीले भने प्रधानमन्त्रीमा एक वर्ष पूरा गरेको उपलक्ष्यमा स्काउट नेतृत्वकै चाहाना बमोजिम यस्तो गरिएको हो । प्रचारका भोका प्रधानमन्त्री ओलीले त झनै यस्तो काममा नाईनास्ती गर्ने कुरै भएन । हाम्राकुराबाट

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकतन्त्रको आवरणमा छुपेका तानाशाहहरु – कमला थापा

    २०८२ असार ३० गते। विश्वका ईतिहासमा १७ औं शताब्दीदेखि १९औं शताब्दीको मध्यसम्म विश्वभरी अति क्रुददेखी...

    ललितपुरमा कौडा खेल्दै गरेका ११ जना पक्राउ, लाखौं नगद बरामद

    ललितपुर — कौडा खेलिरहेको गोप्य सूचना पाएपछि ललितपुर प्रहरीले कोणवहाल क्षेत्रमा छापा मारेर ११ जनालाई...

    टिकटकबाट प्रेममा बाँधिएका आयुष र एलिजेले काठमाडौं अदालतमा गरे विवाह

    काठमाडौं, असार ३० – टिकटकमा लोकप्रियता कमाउन सफल युवा जोडी आयुष सिंह ठकुरी र एलिजे...

    न्यूनतम सेवा मापदण्डका विभिन्न सूचकहरूका रंगेली अस्पतालले ८६ प्रतिशत अंक ल्याउन सफल

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली अस्पताल देशैभरिको उत्कृष्ट र नमुना अस्पताल बन्न...

    रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाईमा १२६ जनाको मृत्यु

    रविन्द्र बराल/ मोरङ, असार ३० – मोरङको रंगेली, सुनवर्षी, धनपालथान र रतुवामाई नगरपालिकामा आर्थिक वर्ष...