News Portal

भवन निमार्णमा नगर प्रमुखको ३ महिनाको तलब

हिमाली संचार संवाददाता
५५९ पटक
ज्ञानु गौतम, रुकुम

चौरजहारी नगरपालिकाका नगर प्रमुख बिशाल शर्माले नेपाल रेडक्रस सोसाईटी उपशाखा चौरजहारीको भवन निर्माणको लागीे आफुले पाउने सेवा सुबिधाको तिन महिनाको तलब दिने घोषणा गर्नुभएको छ ।

संस्थाको चौधौँ बार्षिक साधारण सभाको उद्घाटन गर्दै नगर प्रमुख शर्माले मासिक ३४ हजारका दरले आफुले पाउदै आएको तिन महिनाको १ लाख २ हजार रकम उपलब्ध गराउने बताउनु भयो ।

उहाँले भन्नु भयो “एकले थुकि सुकि सयले थुकि नदि त्यसकारण सबैले जति सकिन्छ त्यति सहयोग गरौ” कार्यक्रम रेडक्रस उपशाखा चौरजहारी सभापति तेज बहादुर बटालाको अध्यक्षता तथा नगर प्रमुख शर्माको प्रमुख आथित्यता र रेडक्रस जिल्ला सभापति शिबराम खत्रिको बिशेष आथित्यतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा बोल्ने अधिकांशले मानविय आपत विपद् लगायतका अन्य दुःखको बेला रेडक्रस देखा पर्ने भन्दै प्रत्येक सामुदायसँग प्रत्यक्ष पहुँच भएको संस्था रेडक्रस भएको बताएका थिए ।

कार्यक्रमा जिल्ला रेडक्रस सदस्य यदु आर्चालेले रेडक्रसले गरेको काम र रेडक्रसका बारेका प्रकाश पार्नु भएको थियो कार्यक्रमको सञ्चालन सचिब बसन्त भण्डारीले गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...