News Portal

गफ हाँकेर पानीजहाज र रेल आउदैन : सभापति देउवा

हिमाली संचार संवाददाता
५२१ पटक

काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेकपा अध्यक्ष केपी शर्मा ओली सरकारविरुद्ध खनिएका छन्। ओली सरकार बनेको एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटा पनि काम नभएकोले सरकार असफल भइसकेको उनले दाबी गरे। विकास निर्माण र कूटनीतिक हिसाबले चुकेर सरकार असफल भएको उनले बताए।

‘एक वर्षमा महत्वपूर्ण र दुरगामी एउटै काम भएन। यसबाट स्पष्ट हुन्छ कि ओली सरकारले गफ हाँक्नेबाहेक अरु कुनै पनि काम गर्न सकेन,’  कांग्रेस भक्तपुरले शुक्रबार गरेको विरोध सभामा देउवाले भने, ‘गफ हाँकेर, उखान टुक्का भनेर देश बन्ने भए आज जनतालाई यति दु:ख हुने थिएन। ओली सरकारले महंगी नियन्त्रण नगर्दा जनतालाई दैनिक जीवनयापनमा समेत अप्ठेरो परेको उनले बताए।

‘महंगी यति बढेको छ कि सर्वसाधारण जनतालाई बाँच्न गाह्रो भइसक्यो। जथाभावी कर बढाएको छ,’ देउवाले भने। ओली सरकारले कुरा ठूला गरे पनि काम केही नगरेको दाबी देउवाको छ। ‘ओलीले ठूला-ठूला गुड्डी हाँकेका छन् कहिले पानीजहाज ल्याउँछु भन्छन्, कहिले रेल ल्याउँछु भन्छन्। गफ हाँकेर रेल आउँछ?,’ देउवाले प्रश्न गरे।

भेनेजुयलाबारे बोलेर कूटनीतिक सम्बन्ध बिगारेको देउवाले आरोप लगाए। ‘विकास निर्माणमा त केही गरेनन्। अन्तर्राष्ट्रिय सम्बन्ध पनि बिगारेका छन्,’ उनले भने, ‘भेनेजुयलाबारे जे पायो त्यही बोलेको छ।

मुलुकमा ७७ जिल्ला भए पनि प्रधानमन्त्री ओली आफ्नो गृहजिल्लामा मात्रै केन्द्रीत भएको आरोप देउवाको छ। प्रधानमन्त्रीको क्षेत्रमा विकास निर्माणका ठूला योजनामा बजेट ओइरिएको समाचार सार्वजनिक भएका बेला देउवाले त्यसतर्फ लक्षित गर्दै भने, ‘देश भनेको आफ्नो जिल्लामात्रै होइन नि। सबैतिर समान विकास गर्नुपर्यो ।

विपक्षी दललाई वास्ता नगरी संवैधानिक आयोगमा नियुक्ति गरेर पनि सरकारले अधिनायकबादी चरित्र देखाएको देउवाको भनाइ छ। विपक्षी दलले संसदमा वेल घेराउ गर्दा संसारमा कहीँ पनि विधेयक पास नहुने भए पनि नेपालमा पास गरेर सरकारले अधिनायकबादी चरित्र प्रदर्शन गरेको देउवाले आरोप लगाए।

‘सरकारविरुद्ध देशभर आन्दोलन गर्न परे पनि गर्नेछौं,’ देउवाले भने, ‘जवरजस्ती चिकित्सा शिक्षा विधेयक पास गरियो यो अधिनायकबादी सोचको सुरुवात हो।’ सरकारको नराम्रा कामको विरोधमा देशव्यापी विरोध सभा गर्ने उनले बताए। सेतोपाटी

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...