News Portal

  • ‘नगरमा बसी घाम ताप्ने र भाषण मात्र ठोक्छन्’

    हिमाली संचार संवाददाता
    ५५५ पटक

    पंखबहादुर शाही
    दैलेख : प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना ईकाई कार्यान्वयन सुन्तला जात फलफुल जोन दुल्लुको आगामी बर्षको योजना तर्जुमा गोष्ठि कार्यक्रममा सहभागी कृषकहरुले जनप्रतिनिधि र कर्मचारी समक्ष आफ्ना समस्या सुनाएका छन् ।

    जनप्रतिनिधिले नगर तथा कार्यालयमा बसी घाम ताप्ने र भाषण ठोक्छन्, गाउँको समस्या उस्ताको उस्तै हुन्छ कार्यक्रमको बिचमै जुरुक्क उठेर दुल्लु नगरपालिका वडा नं. ११का कृषक खड्गबहादुर सुनारले भने । उनि मात्र हैनन्, पुरुष भन्दा धेरै सहभागी महिलाले पालैपालो हात उठाई आफुहरुले कृषि क्षेत्रमा भौग्नुपरेका समस्या जनप्रतिनिधि रकर्मचारीहरु बिच प्रस्तुत गरे ।

    सबैको भनाई यकै यकै खालको थियो । जनप्रतिनिधि गाउँमा जाँदैनन्, कृषि क्षेत्रको विकास गर्छाैँ, कृषिमा आधुनिकीकरण ल्याउँछौँ,सम्बन्धीत निकायबाट कृषिमा यति बजेट छुट्याईयो,भन्छन् तर त्यो सम्बन्धी जानकारी भने अहिलेसम्म कसैले लिएका छैनन् । अनि कसरी कृषि मा बृद्धी हुन्छ्। कृषकहरुलाई त्यो सम्बन्धी कुनै ज्ञाननै हुँदैन् , किन उत्पादन गर्न सकिएन भनेर प्रश्न मात्र सोध्नुहुन्छ् । सबै बिषयमा अन्योल हुन्छौँ।

    स्थानीय धनसरा पौड्यालले भनिन, बर्षको २५सयको सुन्तला बिरुवा लिन्छौँ ,तर पछि २५ वुटा मात्र जगेको पाईन्छ । बिना माटो परिक्षण, बिना सिँचाई कसरी जग्न सक्दछ बिरुवा ,पहिला लटरम्म फलेको बुटा फल्ने वेला पात , सुकेर दाना कुहीएर सबै सकिन्छ । सुन्तलाको रोकथाम गर्न सकिएको छैन् । उनले भनिन्
    जिल्लाको दुल्लु नगरपालिका र भैरबी गाउँपालिकामा लागु भएको उक्त प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना ईकाई सुन्तला जात फलफुल जोन कार्यक्रमको बुधबार दुल्लुमा गरिएको थियो ।

    प्रधानमन्त्री प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन ईकाई सुन्तला जात फलफुल जोन दुल्लुका प्रमुख राजुभुजले कृषकहरुको गुनासोलाई मध्यनजर गर्दै कृषकहरुले पनि सुन्तला बगैँचामा निकै हेलचक्राई गरेका बताए । उनले भने ,गत बर्ष कृषकलाई वितरण गरेका औजारको समेत राम्रो प्रयोग गरेको पाईदैन् ।

    कार्यलयमा बोलाई तालीम दिनुभन्दा बगँैचामै गएर कृषकलाई केही दिन देखि तालीम दिने गरेका छौँ ।
    दुल्लु नगरपालिकाका १३ वटै वडा र भैरबी गाउँपालिकाका ३ देखि ७ वडा यहाँ भन्दा पहिले यो कार्यक्रम लागु थियो । अबदेखि छुटेका १,२ वडालाई पनि समेट्ने छौँ । उनले भने , यहाँको मुख्य समस्या भनेको सिँचाई हो सिँचाईको व्यबस्था भए यहाँ करोडौँको सुन्तला फल्न सक्छ , त्यस्मा कृषकले विशेष ध्यान दिन जरुरी देखिन्छ । आधा लगानी जनता् र आधा लगानी केन्द्र को हुने गरी अगाडि बढ्ने उनको प्रतिबद्धता छ ।

    दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले कृषि क्षेत्रमा छुट्याइको रकम कार्यान्वयन भए नभएको बारे दुल्लू नगरपालिकाले बिशेष निगरानी गर्ने बताए । उनले कृषकहरुको बिमा योजनालाई कार्यान्वयन गर्न तर्फ लाग्न आग्रह गरे । कार्यक्रममा भैरबी गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले दुवै स्थानीय तह मिलेर अगाडि बढ्नु पर्ने बताए ।

    उक्त योजना तर्जुमा गोष्ठिमा आगामी बर्षमा संचालन गरिने मुख्य कुराहरु समावेश गरियको थियो । जस अन्तरगर्त १०० हेक्टर क्षेत्रमा नयाँ बगैचा स्थापना गर्नै, बगैँचा ब्यवस्थापन मलखाँद काटछाट सिचाई ,बगैँचा ब्यवस्थापन सम्बन्धी ÷प्रसोधन सम्बन्धी स्थलगत तालीम संचालन ,पोष्ट हार्भेट सेन्टर स्थापनाका लागि सहयोग, कस्टमर हेयरिङ सेन्टर स्थापनाका लागि सहयोग, भकारो सुधार, साना सिँचाई, बिमा ब्यवस्थापन लगाएतका योजना तर्जुमा गरिएको छन्. ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    मकवानपुरमा दुई महिनाकी सुत्केरीमाथि बलात्कार, श्रीमान बाँधिएको अवस्थामा घटना

    मकवानपुर, भदौ २९ – मकवानपुरको राक्सिराङ गाउँपालिका-१ इन्द्रुङमा दुई महिनाअघि सुत्केरी भएकी २४ वर्षीया महिलामाथि...

    मिडिया ट्रायल र असन्तुष्टि कारण सुमना श्रेष्ठको राजीनामा

    काठमाडौँ, भदौ २९ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृ सुमना श्रेष्ठले पार्टीबाट अलग हुने निर्णय...

    जेनजी आन्दोलनमा मृत्यु हुनेको संख्या ७२

    काठमाडौं, भदौ २९ – जारी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाउनेको संख्या ७२ पुगेको छ। आइतबार...

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...