News Portal

सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन सुर्खेतमा शुरु

हिमाली संचार संवाददाता
५०० पटक
सुशिल सिंह

सुर्खेत :सामुदायिक रेडियोहरूको राष्ट्रिय सम्मेलन कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सुरु भएको छ । विश्व रेडियो दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ, अकोरावले आयोजना सम्मेलन गरेको हो । सम्मेलन अघि सुर्खेतको वीरेन्द्रनगरमा प्रभातफेरी निकालिएको थियो ।

सम्मेलनमा समुदाय र सरकारसँगको साझेदारीका विषयमा छलफल हुनेछ । सम्मेलन भोलिसम्म चल्नेछ । सम्मेलनमा सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले सरकारले काम गरेन भन्नेहरूलाई घरबाट बाहिर निस्कन आग्रह गर्दै परिवर्तन विस्तारै हुने बताउनुभयो ।

सरकारले गरिरहेको काममा सामुदायिक रेडियोको साथ आवश्यक रहेको मन्त्री बास्कोटाको भनाइ छ । ऊर्जा, कृषि, सञ्चार, सुशासन लगायत आठ वटा विषय सरकारको प्राथमिकतामा रहेको मन्त्री बास्कोटाको भनाइ छ । सरकारले समानुपातिक विज्ञापन नीति ल्याएको र यसले सामुदायिक रेडियोलाई फाइदा पुग्ने बास्कोटाले बताउनुभयो ।

सञ्चारमाध्यम समाजको ऐना हुनुपर्ने तर समाजमै सञ्चारमाध्यमले आफ्नो ऐना हेर्नुपर्ने उहाँको भनाइ छ । सबै सञ्चारमाध्यमलाई सरकारले समान व्यवहार गरिरहेको भन्दै बास्कोटाले सरकारले चाँडै नै मिडिया काउन्सिल विधेयक ल्याउने बताउनुभयो । सरकारले बनाउने कानुन प्रतिस्पर्धामा मात्रै नभएर न्यायमा आधारित हुने मन्त्री बास्कोटाले बताउनुभयो ।

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले अरु प्रदेशभन्दा कर्णाली प्रदेश कुनै हिसावले गरिब नभएको तर यहाँको सोँचाईको स्तर राम्रो बनाउन आवश्यक रहेको भन्दै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कर्णालीको रूपान्तरणको लागि सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कर्णाली सम्भावनाले भरिएको प्रदेश भएकाले तीनै सम्भावनाको खोजीमा सामुदायिक रेडियोहरू सरकारको सहयोगी बन्ने मुख्यमन्त्री शाहीको विश्वास छ । हरेक जिल्लामा खोलिएका सामुदायिक रेडियोहरू आफ्नो भूमिका बारे पनि प्रष्ट हुनुपर्ने उहाँको भनाइ छ ।

नेता नेकपा योगेश भट्टराईले सामुदायिक रेडियोको सन्दर्भमा ऐनको आवश्यकता परे पार्टीको तर्फबाट सरकारलाई दवाव दिन आफूहरू तयार रहेको बताउनुभयो । प्रेस स्वतन्त्रताका हकमा सबैभन्दा बढी लोकतान्त्रिक प्रजातान्त्रिक भन्ने सरकारभन्दा वर्तमान सरकार कम नरहेको उहाँको टिप्पणी छ ।

पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता हृदयराम थानीले कर्णाली प्रदेशमा देशभरिका सामुदायिक रेडियोकर्मीहरू जम्मा हुनु निकै खुसीको कुरा भएको बताउनुभयो । आधारभूत आवश्यकताको लागि सङ्घर्ष गरिरहेको प्रदेशलाई समृद्धिको बाटोमा हिँडाउन सामदायिक रेडियोको भूमिका महत्वपूर्ण रहने थानीको भनाइ छ । सामुदायिक रेडियो प्रसारक संघ अकोरावका अध्यक्ष, सुवास खतिवडाले सामुदायिक रेडियोको अभियानमा नेपालको इतिहास र वर्तमान गौरवपूर्ण रहेको अबताउनुभयो ।

सामुदायिक रेडियोहरूको प्रशारण सुरु भएको २१ वर्षमा पनि सामुदायिक रेडियो सञ्चानलको नीति बन्न नसक्नु दुखको कुरा भएको उहाँले बताउनुभयो । सामुदायिक रेडियोहरूलाई कसरी न्याय गर्न सकिन्छ भनेर सरकारले सोँच्नु पर्ने बेला आएको खतिवडाले बताउनुभयो । कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले कर्णालीलाई समृद्ध बनाउनका लागि सामुदायिक रेडियोहरूको भूमिका महत्वपूर्ण भएको बताउनुभयो ।

प्रतिकृया दिनुहोस्

समस्या समाधानपछि मात्र निर्वाचनमा जानुपर्ने राप्रपाको धारणा

काठमाडौं, ७ फागुन – राष्ट्रिय प्रजातन्त्र पार्टी ले पूर्वराजा ज्ञानेन्द्र शाह द्वारा सार्वजनिक गरिएको हालैको...

आज २०८२ साल फागुन ७ गतेको राशिफल

आज फागुन ७, २०८२ ( फेब्रुअरी १९, २०२६) को राशिफल यस प्रकार रहेको छ:  मेष...

रास्वपा सरकारमा दुई वर्षको बाटो डेढ वर्षमै तयार हुने: बालेन

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाहले आफ्नो नेतृत्वमा...

बेथिति र बेरोजगारी अन्त्य गर्ने अभियानमा रास्वपा : लामिछाने

काठमाडौं, ६ फागुन — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा मौलाएको बेथिति र बेरोजगारी...

बालेन्द्र शाहको नागरिकतामा थर विवाद, कानुनी प्रश्न उठ्यो

वीरगञ्ज, फागुन ६ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता तथा काठमाडौँ महानगरपालिकाका पूर्वमेयर बालेन्द्र शाहको...