News Portal

उपमेयरको घरका कामदारलाई मासिक १६ हजार सरकारी तलब !  

हिमाली संचार संवाददाता
४९२ पटक

रत्नप्रसाद आचार्य
धरान : धरान उपमहानगरपालिकाको बजेट दुरुपयोग गरेको आरोप खेप्दै आएकी उपमेयर मञ्जु भण्डारीले आफ्नो घरकी कामदार महिलालाई उपमहानगरपालिकाबाटै तलव खुवाउने गरेको भेटिएको छ । मेयर तारा सुब्बाको निधनपछि कार्यबाहक मेयरको जिम्मेवारी सम्हालेकी भण्डारीले पदको दुरुपयोग गर्दै आफ्नो घरकी कामदार धरान–१५ की गीता मगरलाई उपमहानगरपालिकाबाट कर्मचारीको सेवा सुविधासहित मासिक तलव भुक्तानी गरेकी हुन् ।

उपमेयर भण्डारीले मगरलाई मासिक १६ हजार २ सय ३० रुपैयाँका दरले तलब उपलब्ध गराउन उपमहानगरको लेखा शाखा शालालाई टिप्पणी उठाएर आदेश दिएकी थिइन् । त्यही अनुसार लेखा शाखाले मगरलाई तलब भुक्तानी गरेको हो ।

भण्डारीको आदेशमा मगरलाई गत मंसिर १ गतेदेखि तलब खुवाउने गरी उपमहानगरको प्रशासन शाखाले नियुक्तिपत्रसमेत दिएको छ । उपमहानगरमा कर्मचारी आवश्यक परेमा विज्ञापन खुलाई आवेदन दिएकाबाट प्रतिस्पर्धा गराएर बढी अंक प्राप्त गर्नेलाई नियुक्ति दिनुपर्ने नियम छ ।

धरान–१८ का वडाअध्यक्ष प्रविण राईले कर्मचारी नियुक्तिसम्बन्धी नियमविपरित घरेलु कामदारलाई  उपमहानगरको कार्यालय सहयोगीको नियुक्ति पत्र दिएर मासिक तलब भुक्तानी गर्नु राज्यकोषको दुरुपयोग भएको बताए ।

उपमेयर भण्डारीले कार्यपालिका सदस्यलाई समेत जानकारी नदिइ घरका कामदारलाई उपमहानरबाट सरकारी तलब खुवाएपछि अन्य जनप्रतिनिधले विरोध गरेका छन् । धरान–२० का वडाअध्यक्ष तथा धरान उपमहानरका प्रवक्ता मणिराम राईले उपमेयरले घरका कामदारलाई नियुक्ति दिएर तलब खुवाएकोबारे जानकारी नभएको बताउँदै त्यसबारे कार्यापालिका बैठकमा निर्णय पनि नभएको उल्लेख गरे ।

भण्डारीकी घरेलु कामदारलाई उपमहानरपालिकाको सरकारी तलब खुवाएको भए अत्यन्तै गलत हुने बताए । भण्डारीले पदको दुरुपयोग गर्दै गैह्रकानुनी काम गर्न थालेपछि धरान–७ का कार्यवाहक वडाअध्यक्ष जीवन सुवेदीले सोमवारको नगरसभामा विरोध जनाएका छन् ।

उपमेयरको कामबाट धरानवासी रुष्ट बनेको र विकासका धेरै काममा अबरोध पुगेको भन्दै वडाअध्यक्ष सुवेदीले भण्डारीलाई  आफ्नो कार्यशैली सुधार्न अनुरोध गरेका छन् ।

नेपाली कांग्रेस धरानका सभापति तिलक राईले उपमेयरले आफ्ना कामदारलाई सरकारी तलब खुवाएर पदको दुरुपयोग गरेको आरोप लगाएका छन् । उनले उपमेयर भण्डारीले निजी स्वार्थ पुरा गर्न उपमहानगरलाई विवादित बनाएको बताए ।

उपमेयर भण्डारीले भने नगरकार्यपालिकाबाट निर्णय गराई गीता मगरलाई कार्यालय सहयोगी नियुक्ति गरी घरमा कामदारका राखेको बताएकी छन् ।

प्रतिकृया दिनुहोस्

नुवाकोटमा ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता वैशाख १ गते हुने

विदुर – नुवाकोटमा नयाँ वर्ष २०८३ को अवसर पारेर ‘न्यु इयर ब्लास्ट’ रिङ रेस्लिङ प्रतियोगिता...

आज २०८२ साल चैत २८ गतेको राशिफल

आज चैत २८, २०८२ ( अप्रिल ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बिदाइमा भीड घटाउन विमानस्थलको अपिल: एक यात्रुका लागि तीन जना मात्रै

काठमाडौं, चैत २७ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले यात्रु बिदाइका क्रममा हुने भीड नियन्त्रण गर्न फेरि...

गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु, आठ दिनमा २०७ किमि दूरी तय गर्ने लक्ष्य

गोरखा, चैत २७ — ऐतिहासिक गोरखा–जितगढी एकीकरण पदमार्गमा नेपाली सेनाले चौथो संस्करणको पदयात्रा सुरु गरेको छ।...

आज २०८२ साल चैत २७ गतेको राशिफल

आज चैत २७, २०८२ ( अप्रिल १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...