News Portal

देशभरिका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन बिरेन्द्रनगरमा हुदै

हिमाली संचार संवाददाता
४३५ पटक
सुशिल सिंह

माघ २९,सुर्खेत : देशभरिका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ। सामुदायिक रेडियो प्रसारक संघ अकोराबले बिश्ब रेडियो दिबशको अबसरमा फाल्गुन १ र २ गते कर्णाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा राष्ट्रिय समल्लेन गर्न लागेको हो ।

आज बिरेन्द्रनगरमा पत्रकार सम्लेलन गरी देश भरीका सामुदायिक रेडियोहरुको राष्ट्रिय सम्मेलन को तयारी पुरा भएको बताइएको छ । उक्त सम्मेलनमा सामुदायिक रेडियोले हासिल गरेका उपलब्धी एंब यस क्षेत्रका चुनौतीहरुका साथै सामुदायिक रेडियोका अबका बाटोका बिषयमा छलफल गरीने छ ।

पछिल्लो समयमा बनेका सामुदायिक रेडियो बिरोधी निति, नियम र कानुनहरुको बिरोध गर्दै आगामी रणनितिहरु तय गर्नका लागी उक्त सम्मेलनको आयोजना गर्न लागेको सामुदायिक रेडियो प्रसारक संघ नेपालका अध्यक्ष सुबास खतिवडाले बताए ।

उनले भने, गैर नाफामुलक उदेश्यले संचालित सामुदायिक रेडियोले श्रमजिबी पत्रकार ऐनले गरेका ब्यबस्थालाई पूर्ण रुपमा कार्यन्वयन गर्नमा परेको समस्याको बारेमा छलफल र्छाै, र ऐन तथा कानुनहरुको संशोधनको माग सरकारसंग गर्छाै ।

यस सम्मेलनमा नेपालमा संचालनमा रहेका ३५० सामुदायिक रेडियोका अगुवा एंब सामुदायिक रेडियोका अभियन्ता, सामाजिक रुपान्तरणको अभियानमा संलग्न ब्यक्तिहरु, नागरिक संगठन एबं राजनितिक दलका नेताहरुको उपस्थिति रहने आयोजकले जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष खतिबडाले नेपालको भौगोलिक बनावट एंब भाषिक साँस्कृतिक बिबिधताका कारण रेडियो लोकप्रिय र पहुचमा रहेको बताए ।

उनले भने–अन्य आमासञ्चार माध्यमको पहुच नपुगेको ठाउँमा समेत सामुदायिक रेडियोले नागरिकलाई सुचनाको पहुच पु¥याउनुका साथै नागरिकको अभिब्यक्तिको शसक्त माध्यम बन्न सफल भएको छ । सम्मेलनमा देशभरीका बिभिन्न रेडियोकर्मीहरु भेला भैसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सेयर बजारमा २७ अंकभन्दा बढी गिरावट

काठमाडौं, फागुन १० – आइतबार सेयर बजारमा दोहोरो अंकको गिरावट देखिएको छ। नेपाल स्टक एक्सचेञ्ज...

दुर्गा प्रसाईंको रिहाइको माग गर्दै राजधानीमा मोटरसाइकल र्‍याली

काठमाडौँ, फागुन १० – दुर्गा प्रसाईंको पक्राउको विरोधमा आइतबार राजधानीमा मोटरसाइकल र्‍याली निकालिएको छ। राष्ट्र,...

रास्वपामाथि ओलीको कटाक्ष : हारको डरले झण्डा जलाउने काम

विराटनगर, फागुन १० – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचन निर्धारित समयमै सम्पन्न हुनुपर्ने...

गौरमा बढ्दो तनाव नियन्त्रणका लागि २३ जना पक्राउ, कर्फ्यु जारी

रौतहट, १० फागुन – गौर नगरपालिकामा दुई समुदायबीच देखिएको तनाव नियन्त्रणमा लिन प्रहरीले २३ जनालाई...

आज २०८२ साल फागुन १० गतेको राशिफल

आज फागुन १०, २०८२ ( फेब्रुअरी २२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...