आज : २०२६-०६-०८, सोमबार

गजल

          राधा पाण्डे

सधैं तिम्रो अधर छुने म त भाग्यमानी
अनि मुटुभित्रै हुने म त भाग्यमानी

उता तिमी स्वयंवरको कलश बोकी हिड्यौ
यता फूलको माला उनें म त भाग्यमानी

मुटुलाई छोयो जब कुतुहलको धूनले
पिरतिको गुञ्जन सुनेँ म त भाग्यमानी

यादहरु पोको पारी लुकाउँछु भनी
एउटा जाली रुमाल बुनेँ म त भाग्यमानी

आंखाबाट सुस्त सुस्त प्रवेश भयो माया
अनि दिलभित्रै थुनें म त भाग्यमानी ।।

तादोङ गान्तोक,
सिक्किम