News Portal

ललितपुरको कार्पेट गोदाममा आगलागी, करोडौंको क्षति

हिमाली संचार संवाददाता
४६८ पटक

ललितपुरको भैंसेपाटी-२५ मा रहेको बीएनआरओ ट्रेडर्सको गोदाममा भएको आगलागी नियन्त्रणमा आएको छ । घटनास्थलमा खटिएका ललितपुर प्रहरी परिसरका डीएसपी अपिलराज बोहराले आगो नियन्त्रणमा आएको पुष्टि गरे ।

डीएसपी बोहराले भने, ‘केहीवेर अघि आगो नियन्त्रणमा आएको छ । थप अनुसन्धान भइरहेको छ । उनका अनुसार गोदाममा कार्पेट राखिएको थियो । दिउँसो करिब १ बजेबाट आगलागी सुरु भएको प्रहरीले जनाएको छ ।

आगलागी भएको खबर आएलगत्तै काठमाडौं र ललितपुर महानगरपालिकासहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको दमकल त्यहाँ पुगेका थिए । ट्रेडर्सका सञ्चालकले करिब ४ करोड रुपैयाँ क्षति भएको दाबी गरेका छन् ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २ गतेको राशिफल

आज माघ २, २०८२ (जनवरी १६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट पार्टीको नयाँ केन्द्रीय कार्यसमिति निर्विरोध चयन भएको छ। सभापतिमा...

आज २०८२ साल माघ १ गतेको राशिफल

आज माघ १, २०८२ (जनवरी १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

गुणस्तर नपुगेको ‘हाइजेन रुस’ म्यांगो ड्रिंक फिर्ता गर्न निर्देशन

काठमाडौं, ३० पुस — बजारमा बिक्री भइरहेको ‘हाइजेन रुस’ ब्रान्डको म्यांगो ड्रिंकमा गुणस्तरसम्बन्धी गम्भीर कमजोरी...

रविविरुद्धका दुई अभियोग हटाउने महान्यायाधिवक्ताको निर्णय

काठमाडौं, ३० पुस — महान्यायाधिवक्ता कार्यालयले पूर्व गृहमन्त्री रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा चलिरहेका संगठित...