News Portal

धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते

हिमाली संचार संवाददाता
५६७ पटक

धादिङ : सदरमुकाम धादिङवेसीबाट नलाङतर्फ गइरहेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बा ३ ख २७३१ नम्बरको ग्रामीण यातायात सहकारीको बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको बस चालकले अत्याधिक लापरवाही गरेर चलाएको यात्रारत यात्रीहरुले बताए। तीव्र गतीमा चलाएकाले पहिले नै म्याजिक भ्यानलाई सामान्य ठक्कर दिएर गएको बस ससाहमा पुगेर चौतारामा ठक्कर दिँदै सडक छेउको कल्भर्टजालीमा ठोकिन पुगेको थियो।

घटनामा घाइते भएकाहरुलाई स्थानीयहरूले तत्काल उद्धार गरी जिल्ला अस्पताल धादिङबेसीमा उपचारको लागि पठाएका थिए। घटनामा चालक पनि घाइते भएका छन् भने प्रहरी निगरानीमा उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रुमख राजकुमार बैदवारले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...