News Portal

धादिङमा यात्रुबाहक बस दुर्घटना हुँदा ८ जना घाइते

हिमाली संचार संवाददाता
५२५ पटक

धादिङ : सदरमुकाम धादिङवेसीबाट नलाङतर्फ गइरहेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाहमा दुर्घटना हुँदा ८ जना घाइते भएका छन्।
बा ३ ख २७३१ नम्बरको ग्रामीण यातायात सहकारीको बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको प्रहरीले जनाएको छ।

तीव्र गतिमा रहेको बस चालकले अत्याधिक लापरवाही गरेर चलाएको यात्रारत यात्रीहरुले बताए। तीव्र गतीमा चलाएकाले पहिले नै म्याजिक भ्यानलाई सामान्य ठक्कर दिएर गएको बस ससाहमा पुगेर चौतारामा ठक्कर दिँदै सडक छेउको कल्भर्टजालीमा ठोकिन पुगेको थियो।

घटनामा घाइते भएकाहरुलाई स्थानीयहरूले तत्काल उद्धार गरी जिल्ला अस्पताल धादिङबेसीमा उपचारको लागि पठाएका थिए। घटनामा चालक पनि घाइते भएका छन् भने प्रहरी निगरानीमा उनको पनि उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय धादिङका प्रुमख राजकुमार बैदवारले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

ओलीले झापामा नेताहरुलाई मतदातासँग सिधा सम्पर्क बढाउन निर्देशन दिए

झापा, ९ माघ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापाका नेताहरुलाई प्रत्यक्ष रुपमा मतदातासँग...

धादिङ–२ बाट आशिका तामाङले उम्मेदवारी फिर्ता लिने

काठमाडौं, ९ माघ – रास्वपा पार्टीबाट धादिङ–२ मा उम्मेदवार बनेकी आशिका तामाङले आफ्नो उम्मेदवारी फिर्ता...

बाबुराम भट्टराईले गोरखा–२ बाट उम्मेदवारी फिर्ता लिए, साझा भूमिकाबाट सहयोग गर्ने घोषणा

गोरखा/काठमाडौं, ९ माघ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले गोरखा क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा निर्वाचनका...

आज २०८२ साल माघ ९ गतेको राशिफल

आज माघ ९, २०८२ (जनवरी २३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

राष्ट्रिय झण्डाको दुरुपयोग बढ्दै, संविधानविद भिमार्जुन आचार्यको गम्भीर आपत्ति

काठमाडौँ — संविधानविद भिमार्जुन आचार्यले राष्ट्रिय झण्डाको बढ्दो दुरुपयोगप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यसलाई तत्काल...