News Portal

सर्बाधिक राशीको नेपाल लोक स्टार हुने

हिमाली संचार संवाददाता
५२१ पटक
सुशिल सिंह

माघ २५, सुर्खेत : नेपालमा सर्बाधिक राशीको नेपाल लोक स्टार आयोजना हुने भएको छ । चाहाना मिडिया प्रा.ली को आयोजनामा उक्त आयोजना हुन लागेको हो । शुक्रबार कणाली प्रदेशको राजधानी बिरेन्द्रनगरमा पत्रकार सम्मेलन गरी उक्त कार्यक्रमको आयोजना गरीने बताइएको छ ।

नेपाली संगितको मुटुको रुपमा रहेको लोक गित बिलिन हुदै गर्दा नेपाली लोक संगितको सम्बद्र्धन, प्रवद्र्धन, बिकास र बिश्वब्यापी रुपमा प्रचार–प्रसार गर्ने मुख्य उदेश्यले उक्त कार्यक्रम आयोजना गरिएको नेपाल लोक स्टारका संयोजक एबम् चाहाना मिडिया प्रा.लीका अध्यक्ष सहदेब कोइरालाले बताए । उनले भने,–संगितमा लाग्ने हरुलाई अबसर र हौसला सिर्जना गरी लोक संगितलाई बचाउन यो कार्यक्रम आयोजना गरेका हौ ।

कार्यक्रममा प्रथम बिजेतालाई रु ५० लाख करसहित, दोस्रो हुने बिजेतालाई २५ लाख करसहित, तेस्रो हुने बिजेतालाई १० लाख करसहित र दुई जनालाई सान्तोना पुरस्कारको ब्यबस्था गरिएको छ ।

जुन कार्यक्रममा नेपालभरका ७७ बटै जिल्लामा गुन्जने लोक संगित समाबेश गराई सातै प्रदेशमा अडिसन लिई बिभिन्न चरणमा प्रतिस्पर्धा गराई नेपालको पहिलो लोक स्टार छानिने छ । जसको लागी पहिलो अडिसन प्रदेश नं ६ मा फाल्गुन १६ गतेबाट र दोस्रो अडिसन कर्णाली प्रदेशमा २०गतेबाट हुनेछ ।

यस कार्यक्रममा सहभागिता जनाउनको लागी चाहाना मिडिया तथा नेपाल लोक स्टारको बेवसाइट www.chahanamedia.com, www.nepallokstar.com नेपाल लोक स्टारको मोबाइल एप्स मार्फत तथा सुर्खेतको लागी रेडियो जागरण एफ.एमबाट फारम शुल्क रु १००० रकम तिरी आबेदन दिन सकिने संयोजक कोइरालाले बताए ।

यस कार्यक्रमको जम्मा ३० श्रृङखला रहने कार्यक्रमको प्रमुख सल्लाहकारमा नेपाली लोक सम्राट कुमार बस्नेत तथा बरिष्ठ पत्रकार ऋषि धमाला, निर्णायकमा जयनन्द लामा, बरिष्ठ संगित संयोजक तथा गायक बि.बि अनुरागी, लोकप्रिय गायक तथा मोडल रामजी खाँण र चर्चित गायिका सुनिता दुलाल रहेका छन् ।

जसमा प्रदेश तथा उत्कृष्ठ २० सम्म निर्णयको सम्पूण अधिकार निर्णायकमा निहित रहने भने उत्कृष्ठ २० बाट १० सम्म ५०/५० को हिसाबले छनोट गरीनेछ । उत्कृष्ठ १० बाट फाइनल सम्मको सम्पूर्ण निर्णय २० प्रतिशत निणार्यकको मत र बाँकी ८० प्रतिशत पब्लिक अनलाइन तथा एस.एम.एस भोटिङ्गको आधारमा हुनेछ ।

यो कार्यक्रम एपी बान एच डी टेलिभिजनबाट प्रत्येक शनिबार र आइतबार बेलुकी ८ः३० देखी ९ः३० बजेसम्म, नेपाल लोक स्टारको मोबाईल एपस, नेपाल लोक स्टारको युटयुब च्यानलबाट एकै साथ प्रसारण गरिने छ ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...