News Portal

पूर्वसांसद जोशीको निधन

हिमाली संचार संवाददाता
६७६ पटक

१६ साउन, काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ ।

बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

२०३४ सालमा कांग्रेस बैतडीको सभापति भएका जोशी ०४४ मा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०४८ को प्रतिनिधिसभा निर्वाचनमा उनी बैतडी क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

दिवंगत नेता जोशीका २ छोरा र ३ छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उन आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

प्रतिकृया दिनुहोस्

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...

आज २०८२ साल माघ १८ गतेको राशिफल

आज माघ १८, २०८२ ( फेब्रुअरी १, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रतुवामाईमा पहिलोपटक ठूलो राशिको खुला T–२०क्रिकेट प्रतियोगिता सम्पन्न

मोरङ-स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने मूल नाराका साथ रतुवामाई नगरपालिकामा पहिलोपटक ठूलो राशिको...

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...