News Portal

पूर्वसांसद जोशीको निधन

हिमाली संचार संवाददाता
८८४ पटक

१६ साउन, काठमाडौं । कांग्रेस नेता एवं पूर्वसांसद् कृष्णकुमार जोशीको निधन भएको छ ।

बैतडीको मेलौली नगरपालिकाको सलेना घर भएका जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बैतडीका उपसभापति चतुरबहादुर चन्दले जानकारी दिए ।

२०३४ सालमा कांग्रेस बैतडीको सभापति भएका जोशी ०४४ मा पार्टी केन्द्रीय सदस्यमा निर्वाचित भएका थिए । ०४८ को प्रतिनिधिसभा निर्वाचनमा उनी बैतडी क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए ।

दिवंगत नेता जोशीका २ छोरा र ३ छोरी छन् । उनको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि अहिले कांग्रेस केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा राखिएको छ । उन आजै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिने छ ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...