News Portal

सुनवर्सि नगरपालिकाका पासवान परिवार अार्थिक अभावमा अस्पतालकाे सैयामा मृत्युसंग लडदै

हिमाली संचार संवाददाता
७५० पटक

रबिन्द्र बराल
माेरङकाे सुनवर्सि नगरपालिका ६ स्थित पटियापाडामा रहेको कबिराज दासकाे कुटिमा बर्षाे देखि बसाेवास गर्दे अाएका वादुलाल पासवानकि ६५ बर्षकि श्रीमती प्रमेश्वरी पासवान पैसाकाे अभावका कारण अहिले अास्पतालकाे ७ नम्बर सैयामा छट्पटी रहेकि छन ।

पुस ९ गते अाफुसंग रहेको ५ सय रुपैयाँ लिएर श्रीमतीलाई उपचारका लागि रंगेली अस्पतालमा ल्याई पुर्याएका थिए । प्रमेश्वरी लाई रक्त अल्पता (एलिनियाँँ) भन्ने राेग लागेकाे र शरिरमा रगतकाे अभावका कारण यस्तो राेग लाग्ने गरेको अस्पताल का डाक्टर निरज देवले बताए।

रंगेली अस्पतालमा गरिव र अति विपन्न घर परिवारका सर्वसाधारणहरु उपचार गराउन अाउने गरेका छन । उक्त बिरामीलाई सबै प्रकारको सेवा निशुलक गरेता पनि थप विभिन्न प्रकारकाे वल्ड टेस्टहरु अस्पतालमा नहुने हुदा उपचारका लागि अन्यत्र लैजानुपर्ने डाक्टर बताउँछन् । अार्थिक अभावका कारण उपचार गर्ने नसकिए यी वृद्धकाे अकालमै ज्यान जान सक्ने खतरा समेत देखिएकाे छ ।

रंगेली नगर युवा क्लवले वृद्धालाई चाहिने व्लड भने युवाहरुबाट संङकलन गरेर दिई रहेकाे निरज मंन्डलले बताए । अाफुहरुलेे सक्ने सहयोग गरेता पनि उक्त संस्थासंग रकम नभएका कारण उनिहरुले उक्त बृद्धबृद्धाहरुलाई केही मात्रामा भने सहयोग गरिरहेका छन । दैनिकजसो मजदुरी गरेर बिहान बेलुकी छाक टारी रहेका यी बृद्ध अहिले रकम नभए पछि सहयोगका लागि भिख मागिरहेका छन ।

४ दिन देखि बृद्ध वादुलाललेे अाफ्नाे श्रीमतीलाई अस्पतालले निशुलक दिईरहेकाे खानाकाे केही मात्रामा उनिले खानु परेको नत्र र कसैले बिस्कुट, चिउरा थाेरै दिए त्यहीँ खाएर रात काटन बाध्य छन । उनका एक छाेरा मनाेज पासवान भएता पनी उनी कटहरीमा ससुराली घरमा वस्दै अाएकाे र अाफु हरुलाई फर्केर नहेरेकाे बृद्धलेे अाँखाबाट अासु झार्दे उनले भने कसैले मेराे श्रीमतीकाे उपचार गराई दिए अाफु अत्यन्तै खुशि हुने उनलेे बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १५ गतेको राशिफल

आज पुष १५, २०८२ (डिसेम्बर ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

बौद्धमा उज्यालो नेपाल बैठकमा तनाव, घिसिङलाई सुदनले बाहिर लगे

काठमाडौँ – सोमबार अपराह्न बौद्धस्थित अन्तरा होटलमा बसेको उज्यालो नेपाल पार्टीको केन्द्रीय समितिको बैठक dramatिक...

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

– कमला थापा ०८२ पौष १४ गते। नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले...

निर्वाचन आयोगलाई चेतावनी,विद्रोहका माग सम्बोधन नगरी निर्वाचन स्वीकार्य नहुने 

काठमाडौँ – जेन्जी विद्रोहका क्रममा ७६ जना नेपाली नागरिकको मृत्यु भएको र ३ हजारभन्दा बढी...

आज सेयर बजारमा गिरावट, कारोबार रकम पनि घट्यो

काठमाडौं, १४ पुष – सोमबार सेयर बजारमा हल्का गिरावट आएको छ। नेप्से परिसूचक १०.५३ अंक...