News Portal

राजनीतिमा हाईब्रिडहरुको बिगबिगी

३२३ पटक

– कमला थापा

०८२ पौष १४ गते।
नीति शास्त्रका महा पुरुष चाणक्यले भनेका छन्। “बुद्धिले पैसा कमाउन सकिन्छ, तर पैसाले बुद्धि किन्न सकिन्न” संसारको राजनिति चाणक्य नीति शास्त्र अनुसार चल्दै आएको थियो। राजनितिमा चाणक्य नीति भन्दा उत्तम नीति अर्को मानिएको छैन। पछिल्ला दिनहरुमा जस्तै सन् २००१ को दशकदेखि बिस्तारै राजनितिले बिकृति रुप लिंदै गयो। जबदेखि राजनितिज्ञहरु आर्थिक लाभ हानी र खरिद बिक्रीमा चल्न थाले, त्यसपछिका दिनदेखि राजनीति सबैभन्दा उत्तम नीति भएर पनि संस्कार बिहिन बन्न पुग्यो। बिकसित देशहरुले आ-आफ्नो स्वार्थ पूर्तिका लागि अल्प बिकसित मुलुकलाई आर्थिक प्रलोभनमा पार्दै एकले अर्को देशका दुस्मन बनाउदै प्रयोग गर्न थाले पार्टि,पार्टि र त्यसभित्रका ब्यक्तिहरुलाई आर्थिक प्रभावमा पार्दै आफ्नो स्वार्थ पूरा गर्न सुरु भयो। यो खास गरेर अल्प बिकसित र गरिव मूलुकका नेताहरुमा सजिलो देख्न थाले,जस्लाई सजिलै किन्न सकिने, प्रभावमा पार्न सकिने, उनिहरुको सर्भेक्षणले देखायो। सर्भेक्षण कसरि भन्ने प्रश्न उठ्न सक्छ। त्यो आइएनजिओ मार्फत अल्प बिकसित देशहरुमा एनजिओ उत्पादन गर्दै अन्धाधुन्ध पैसा लगानी गर्न थाले।ती एनजिओहरु पार्टिका नजिक हूदैं पार्टिहरुलाई सजिलै परिचालन गर्न सफल भए। त्यसैबाट बिचौलिया, तस्कर, माफियाहरुको जन्म भयो। नेताहरु उनैका पार्टनर हुनपुगे, नेता किन्न सजिलो माध्यम आइएनजिओ भयो।

“उदाहरणको लागि एमाले पार्टिलाई लिन सकिन्छ। जो पुरा एनजीओबादी पार्टि हो। यस्तो प्रबृत्ति खास गरेर अल्प बिकसित मुलुक, दलिय ब्यबस्था र धेरै संघियता भएको मूलुकमा सजिलो हुदोरहेछ, भन्ने उनिहरुको सर्भेक्षणले बुझाएको हो। त्यसैको सिकार संबिधान सभा बन्न पुग्यो। सबै “डिएफ आईडीको लगानी” संसदलाई आवश्यक सम्पूर्ण सामानमा उनैको लगानी थियो। त्यति मात्र हैन पहिलो संबिधान सभामा संम्बिधान सुझाब संकलन गर्न जादाको आर्थिक लगानी समेत उनिहरुकै थियो। तर परिणाम उनिहरुले सोचे जस्तो नआएको, राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा अधिकांश जिल्लाहरुबाट हटाउन पाईदैन भन्ने जनताको खवरदारी लिखित सुझाव आएकोले पहिलो संबिधान सभा बिघटन गरिएको थियो।”

श्रीलंकाका तत्कालीन राष्ट्रपति प्रेमादासाले बुझेर आइएनजिओ भित्रिन रोक लगाए। सरकारसंग मिलेर कामगर्ने तिन वटा संस्था मात्र रहेको थियो। “जस्तो यूएन डिप, यूनिसेफ र सेभ दी नेसन” जो सरकारसंग हातेमालो गरेर काम गर्ने संस्था थिए। वान डोर प्रणाली गरेको थियो। यो पहिलो सार्क सम्मेलनपछि लगतै भएको थियो। त्यसपछि प्रेमादासाको हत्या भयो। नेपाललाई पनि यसले धेरै ठूलो घाटा पुर्याएको छ। उदाहरणको लागि एमाले पार्टिलाई लिन सकिन्छ। जो पुरा एनजीओबादी पार्टि हो। यस्तो प्रबृत्ति खास गरेर अल्प बिकसित मुलुक, दलिय ब्यबस्था र धेरै संघियता भएको मूलुकमा सजिलो हुदोरहेछ, भन्ने उनिहरुको सर्भेक्षणले बुझाएको हो। त्यसैको सिकार संबिधान सभा बन्न पुग्यो। सबै “डिएफ आईडीको लगानी” संसदलाई आवश्यक सम्पूर्ण सामानमा उनैको लगानी थियो। त्यति मात्र हैन पहिलो संबिधान सभामा संम्बिधान सुझाब संकलन गर्न जादाको आर्थिक लगानी समेत उनिहरुकै थियो। तर परिणाम उनिहरुले सोचे जस्तो नआएको, राजसंस्था र हिन्दु अधिराज्यको पक्षमा अधिकांश जिल्लाहरुबाट हटाउन पाईदैन भन्ने जनताको खवरदारी लिखित सुझाव आएकोले पहिलो संबिधान सभा बिघटन गरिएको थियो। जुन सुझावका पोका खोलिएको छैन। अहिले पनि त्यस बिषयमा कुरा उठिनै रहेको छ। प्रत्यक्ष दर्सि हामीहरुनै हौं, जस्को बिरोध, “जेष्ठताको हैसियतले सभामुखको भूमिका निर्वाह गर्नुहुने नेपाली कांग्रेसका नेता केवी गुरुङ”, प्रमुख सचेतक लक्ष्मण घिमिरेलगायत नेपाली कांग्रेसका बहुमत सांसदले गरेका थिए। बिघटनको प्रमुख कारण त्यहि थियो।

“सुझबुझपूर्ण काम अझै गर्न सिकिएन भने हाम्रो सुन्दर, शान्त देश, ऋषिमुनिहरुको तपोभूमि दलहरुकै कारण समाप्त नहोला भन्न सकिन्न। यसलाई रोक्न सक्ने मात्र तिन वटा शक्ति हुन्। राजसंस्था, सेना र जनता यो तिन शक्तिको मिलन बिन्दुले मात्र सिंगो राष्ट्को निर्माण हुन्छ। यस्को लागि राष्ट्रिय एकताको आबस्यकता छ। जो मौसुफ सरकार राजा ज्ञानेन्द्र शाहले पटक-पटक आब्हान गरिबक्सेको पनि यही हो। यो काम राष्ट्का सच्चा सपुत, राष्ट्रिय शक्तिहरुबाटै हुनुपर्छ। दलहरुका कारण जेएन्जी आन्दोलनको पबित्र भावना र उद्देश्यमाथि कुठाराघात भैसक्यो। जसको जगमा बनेको सरकार तिन ठूला भन्ने पार्टिहरु बाहेक अरु देख्दैन।”

उक्त कुरा पटक-पटक दोहोर्याउनु परेको कारण ती त्यस्ता बिदेशी चलखेल र स्वदेशी बिकाब राजनैतिक दलहरुका कारण देश आज यो अबस्थामा आईपुगेको हो। यसलाई रोक्ने सुझबुझपूर्ण काम अझै गर्न सिकिएन भने हाम्रो सुन्दर, शान्त देश, ऋषिमुनिहरुको तपोभूमि दलहरुकै कारण समाप्त नहोला भन्न सकिन्न। यसलाई रोक्न सक्ने मात्र तिन वटा शक्ति हुन्। राजसंस्था, सेना र जनता यो तिन शक्तिको मिलन बिन्दुले मात्र सिंगो राष्ट्को निर्माण हुन्छ। यस्को लागि राष्ट्रिय एकताको आबस्यकता छ। जो मौसुफ सरकार राजा ज्ञानेन्द्र शाहले पटक-पटक आब्हान गरिबक्सेको पनि यही हो। यो काम राष्ट्का सच्चा सपुत, राष्ट्रिय शक्तिहरुबाटै हुनुपर्छ। दलहरुका कारण जेएन्जी आन्दोलनको पबित्र भावना र उद्देश्यमाथि कुठाराघात भैसक्यो। जसको जगमा बनेको सरकार तिन ठूला भन्ने पार्टिहरु बाहेक अरु देख्दैन। यदि जनता भोट हाल्न तयार भएनन् भने के हुन्छ ? सरकारको ध्यान त्यता देखिदैन। संबिधानमा जनसख्याको यति प्रतिशत जनताले निर्वाचनमा भाग नलिएको अबस्थामा त्यस्तो निर्वाचन बैध हुनेछैन भन्ने ब्यबस्था नहुनुले बहुमत जनताको सधै हार भएको हो। ५ बर्षमा दुई पटक निर्वाचन हुनु भनेको भ्रष्टाचारले थिलथिलो वनाएको देशको लागि दुर्भाग्य नै हो। जनता संग एउटा उपाए हुन सक्थ्यो। खसेको मतको ५१% मतले जित्ने ब्यबस्था संबिधानमा हुनुपर्ने थियो। बहुमतको आधारमा जित्ने ब्यबस्था हूंदा जनताको सधै हार भएको छ।

“कारण स्पष्ट छ, पुराना दल बेचिएर सक्किने, नयां दल पश्चिमा र अमेरिकी हाइब्रिड उत्पादन धेरै बर्ष नटिक्ने। उनिहरुलाई देश चाहिएको होईन। देश सिध्याउन गराएको उत्पादन हो। जसरी अमेरिकाले रुससंग यूद्ध गर्नको लागि एकजना कमेडीयन कलाकार जेलेन्की उत्पादन गरेको थियो। आज आफ्नै देश यूक्रेन सिध्यायो। त्यस्तै नेपालबाट चीन घेर्ने र चिनबाट तिब्बत अलग्याउने नीति पश्चिमाहरुको हो। पुराना पार्टिहरुमा उमारेका जेलेन्सकीहरुबाट काम नहुने देखेपछि उनिहरुले आफ्नै निर्देशित व्यक्तिहरुबाट बिभिन्न हाईब्रिट पार्टि खोल्दै एकत्रित गरी रहेका छन्।”

यो ३५/३६ बर्षको अनुभवले सिद्ध गरिसकेको कुरा हो। पुराना दलहरुबाट देश चलेन, चल्दैन, नयां दलहरुबाट देशै रहदैन। कारण स्पष्ट छ, पुराना दल बेचिएर सक्किने, नयां दल पश्चिमा र अमेरिकी हाइब्रिड उत्पादन धेरै बर्ष नटिक्ने। उनिहरुलाई देश चाहिएको होईन। देश सिध्याउन गराएको उत्पादन हो। जसरी अमेरिकाले रुससंग यूद्ध गर्नको लागि एकजना कमेडीयन कलाकार जेलेन्की उत्पादन गरेको थियो। आज आफ्नै देश यूक्रेन सिध्यायो। त्यस्तै नेपालबाट चीन घेर्ने र चिनबाट तिब्बत अलग्याउने नीति पश्चिमाहरुको हो। पुराना पार्टिहरुमा उमारेका जेलेन्सकीहरुबाट काम नहुने देखेपछि उनिहरुले आफ्नै निर्देशित व्यक्तिहरुबाट बिभिन्न हाईब्रिट पार्टि खोल्दै एकत्रित गरी रहेका छन्। त्यस्ताबाट भबिष्यमा देशै रहन्न।‌ जस्तै हाइब्रिड गरिएको बिरुवामा बढिमा २ बर्ष भन्दा फल फल्दैन। जनस्तर सम्म यस्ता कुरा बुझाउने कस्ले ? राजनिति जस्तो पबित्र नीतिको यति अपमान यस्तै पात्रहरुका कारण भयो। जस्लाई उम्रिदै पार्टिमा सभापति चाहिने र सरकारमा गए प्रधानमन्त्री नै हुनुपर्ने त्यो भन्दा तलको पद आंखै नलाग्ने, राजनिति यति सस्तो भयो। महानगरको एक कार्यकाल पनि पुरा नगर्दै जताततै भत्काइएका भौतिक संरचना निर्माण पुरा नहूदैं प्रधानमन्त्रीको दौडमा जानु भनेको भोलि देशलाई पनि त्यस्तै भ्वाङ पारेर छोड्दैनन् भन्न सकिन्न यो सबै हाइब्रिड उत्पादित प्रभावले गरेको यथार्थ हो।

“अगामी निर्वाचनले कुनै अर्थ राख्दैन। कारण कसैको बहुमतको त कुरै छाडौं, ठूला पार्टि भन्नेहरुले १५ सिट ल्याउन सके धन्न, सानाको २/३ बढिमा ५ सरकार बनाउदा १० पार्टि मिल्दा पनि बहुमत पुग्ने वाला छैन। बाख्राको बडकुला छरिएको जस्तो सिट ल्याएर हुने केहिपनि देखिदैन राष्ट्रको ढुकुटीको दोहन मात्र हुने हो। त्यसैले पहिला ०४७ सालको संबिधानसहित संबैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौं, त्यस भित्र पनि आबस्यकता अनुसार सम्सोधन गर्ने अबस्था छदैछ। त्यसैमा देश,जनत र राजनैतीक दलहरुको भलाई देखिन्छ।”

साधारण नागरिकसम्म यस्ता कुरा पुर्याउन अत्यन्त जरुरी छ। जुन काम नागरिक, समाज, बुद्धिजीवी, प्राध्यापक, सामाजिक अभियन्ता राष्ट्रिय शक्ति र संचार जगतले गर्नुपर्ने थियो। अथवा आफुलाई राजसंस्थाबादी पार्टि भन्ने राप्रपाले गर्नुपर्थो । तर उसैलाई निर्वाचनमा भाग लिन हतारो छ। निर्वाचन बहिष्कार गरेर राजसंस्था पुनर्स्थापित गरेपछी मात्र निर्वाचनमा जानुपर्छ भन्न सक्दैन। सबै दलिए भागबन्डामा छन्। जसरी नयां हाब्रिट दलहरु एकजुट हुदैछन्। त्यसैगरी पुराना दलहरु एकजुट भएर राजसंस्थासहितको प्रजातन्त्र भनेर किन नजाने ! अन्यथा यीनिहरुको पनि अस्तित्व रहने छैन। अगामी निर्वाचनले कुनै अर्थ राख्दैन। कारण कसैको बहुमतको त कुरै छाडौं, ठूला पार्टि भन्नेहरुले १५ सिट ल्याउन सके धन्न, सानाको २/३ बढिमा ५ सरकार बनाउदा १० पार्टि मिल्दा पनि बहुमत पुग्ने वाला छैन। बाख्राको बडकुला छरिएको जस्तो सिट ल्याएर हुने केहिपनि देखिदैन राष्ट्रको ढुकुटीको दोहन मात्र हुने हो। त्यसैले पहिला ०४७ सालको संबिधानसहित संबैधानिक राजसंस्था र बहुदलीय प्रजातन्त्र पुनर्स्थापना गरौं, त्यस भित्र पनि आबस्यकता अनुसार सम्सोधन गर्ने अबस्था छदैछ। त्यसैमा देश,जनत र राजनैतीक दलहरुको भलाई देखिन्छ। अन्यथा भोलि दलहरुलाई पश्चाताप बाहेक हात लाग्यो शून्यको अबस्था नआउला भन्न सकिन्न, बांकी उनैले रक्षा गरुन। श्री पशुपतिनाथले हामी सबैको रक्षा गरुन। जय नेपाल।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ ६ गतेको राशिफल

आज माघ ६, २०८२ (जनवरी २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...