News Portal

सभापतिले ‘म नै विधान हुँ’ भनेजस्तो गर्नु दुःखद : नेता प्रकाशमान

हिमाली संचार संवाददाता
६६९ पटक

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवामाथि जे मन लाग्यो त्यही गर्दै हिँडेको आरोप लगाएका छन् ।

लौह पुरुष गणेशमान सिहको १०४ औं जन्मजयन्तीको अवसरमा शोभाभगवतिमा आयोजित माल्यार्पण कार्यक्रममा गणेशमान पुत्र समेत रहेका सिंहले पद, प्रतिस्ठा र कुर्सीका लागि जे सुकै गर्न तयार हुने आजको अवस्थामा प्रधानमन्त्रीको पद समेत त्याग गर्ने गणेशमानको जीवन मनन गर्न लायक रहेको बताए ।

नेता सिंहले कांग्रेसभित्र आन्तरिक लोकतन्त्र कमजोर हुँदै गएको बताए । लोकतन्त्र र प्रजातान्त्रिक प्रक्रियाका लागि लडेको कांग्रेस पार्टीभित्र आन्तरिक लोकतन्त्र कस्तो छ भन्ने पछिल्लो केन्द्रीय कार्यसमिति बैठकले प्रष्ट पारेको उनले बताए ।

पार्टीको विधान केही होइन, सभापति नै सबैथोक हो भनेजसरी जे मन लाग्यो त्यही गर्दै हिड्नु दुःखद भएको उनले बताए ।

नेता सिंहले भने, ‘विधान अनुसार चल्नुपर्छ । नगरी नहुने कुनै काम भए आवश्यकताअनुसार विधान संशोधन गरौं भन्दा म नै विधान हुँ भने जसरी सभापतिजी प्रस्तुत हुनु अत्यन्तै दुःखद हो । अनलाइनखबर

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...