News Portal

जनहितविपरीत गरिने निर्णय काङ्ग्रेसलाई स्वीकार्य नहुनेः एनपी साउद

हिमाली संचार संवाददाता
५४८ पटक

डोटी -नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एनपी साउदले जनहितविपरीत गरिने कुनै पनि सरकारी निर्णयमा काङ्ग्रेसको सहमति नहुने बताएका छन् ।

नेपाल प्रेस युनियन डोटीले दिपायलमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने, ‘अहिले मुलुकमा शान्ति सुरक्षाको अवस्थामा जटिलता थपिएको र आपराधिक गतिविधिमा समेत वृद्धि भइरहेको छ ।’

पूर्वमन्त्रीसमेत रहेका नेता साउदले कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा र बलात्कारी अहिलेसम्म फेला नपार्नु सरकारको उदासिनता भएको आरोप लगाउँदै ‘निर्मलाका हत्यारा पत्ता लगाएर कानूनी कारवाही गर्नुको साटो सरकारले केही प्रहरी अधिकारीलाई कारवाही गरेर हत्यारालाई उन्मुक्ति दिन खोजिरहेको छ, यो हामीलाई सह्य हुने छैन,’ भने ।

नेपाल प्रेस युनियनका जिल्ला अध्यक्ष प्रकाश बमको सभापतित्वमा कार्यक्रम सम्पन्न भयो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...