News Portal

नेकपा अध्यक्ष दाहाल शुक्रबार भारत जाँदै

६७२ पटक

काठमडौँ : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोली (शुक्रबार) भारत भ्रमणमा जाने भएका छन् । नेकपाका अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको परामर्शपछि दाहाल दिल्ली जान लागेका हुन् ।

इन्डिया फाउन्डेसनले आयोजना गर्ने ‘इन्डिया आइडिया कन्क्लेभ–२०१८’ मा भाग लिन अध्यक्ष दाहाल दिल्ली जाने भएका हुन् । दाहाल शुक्रबार बिहान ९ बजे नयाँ दिल्ली गएर त्यही दिन बेलुका ८ फर्कने कार्यतालिका रहेको छ ।

दाहालले भारतको छोटो भ्रमणका क्रममा त्यहाँका नेताहरुसँँग भेटघाट नगर्ने भएका छन् । एक दिनको मात्रै भ्रमण तालिका भएकाले कुनै भेटघाट नराखिएको प्रेस सल्लाहकार सूर्यकिरण शर्माले जानकारी दिए ।

प्रेस सहयोगी शर्माका अनुसार दाहालले इन्डिया आइडिया कन्क्लेभ–२०१८’ लाई सम्बोधन गर्नेछन् । इन्डिया फाउन्डेसनको अध्यक्ष राम माधव रहेका छन् । उनी सत्तारुढ भारतीय जनता पार्टीका महासचिव पनि हुन् ।

प्रतिकृया दिनुहोस्

रास्वपा फागुनको पहिलो साता चुनावी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा

काठमाडौं, माघ १८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुनको पहिलो साता आफ्नो चुनावी घोषणापत्र सार्वजनिक...

तोड्ने होइन, मिलाउने राजनीतिमा जोड दिन्छु : सभापति थापा

काठमाडौं, माघ १८ – नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्रको पुरानो गुटबन्दी र भागबण्डाको अभ्यास...

अछाममा बेहोस भएपछि उपचाररत पत्रकार दिनेश सिटौलाको निधन

काठमाडौं – पत्रकार दिनेश सिटौलाको असामयिक निधन भएको भएको छ।अछाममा गएका बेला अचानक बेहोस भएर...

गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयको निर्देशनविपरीत झापामा घुमुवा प्रहरी परिचालन अझै रोकिएन

काठमाडौ -गृह मन्त्रालय र नेपाल प्रहरी प्रधान कार्यालयको स्पष्ट निर्देशनविपरीत झापा जिल्लामा सादा पोशाकका घुमुवा...

सुनचाँदीको भाउ घट्दा बजारमा राहत

काठमाडौं, माघ १८ – केही दिनदेखि निरन्तर बढिरहेको सुनको मूल्य आइतबार भने घटेको छ। उच्च...