News Portal

खनियाबाँस गाउँ पालिकाकाे गठबन्धन केे हुँदै छ?

हिमालीसंचार संवाददाता
४३७ पटक

धादिङ – खनियाबास गाउँ पालिकाको सन्दर्भमा नेकपा एकीकृत समाजबादीका अध्यक्ष एबं युवा संघ धादिङका अध्यक्ष प्रदीप फ्यूबाले  गठबन्धन बिच चुनावी तालमेल नमिल्दा तामाङले हालको राजनैतिक अवस्थालाई नियाल्दै यसाे भने।नेपाली कांग्रेस (दक्षिणपंथी पार्टी)  नेकपा (एस) र माओबादी केन्द्र ( बामपंथी पार्टी) बैचारिक हिसाबले यी (दक्षिणपंथी पार्टी) र (बामपंथी पार्टी) ठीक अपोजिसन पार्टीहरु हुन हाम्रो मार्ग सिद्धांत उदेश्य फरक छन तर एउटै सवाल संबिधानको रक्षा गर्ने लोकतांत्रिक गणतंत्रको मर्मलाई जीवन्त राख्ने। प्रतिगमणलाई परास्त गरी अग्रगमणको बाटो तय गर्ने विषयमा हामी गठबन्धन गर्न खोजीरहेका भनेर भने।  पहिलो सर्त यी माथीका उपलब्धिहरूलाई बचाऊनु हो किनभने यि उपलब्धी तत्कालीन राजा बाहेकका दलहरुको संघर्ष र सहिदहरुको जीवनदान बाट प्राप्त भएका हौ त्यसैले यि उपलब्धिलाई बचाऊनुमा सबै दल ईमानदार पूर्वक जिम्मेवारी हूनु आवस्येक छ र यो बेला पनी हो।

दोश्रो सवाल प्रतिगामी ( राजा + केपी ओली) लाई परास्त गरी फेरी हामी माथी भने बमोजिम नेपाली कांग्रेस ( दक्षिणपंथी ) एउटा बाटो, र नेकपा (एस) र माओबादी केंद्र ( बामपंथी ) अर्को बाटो यि २ मध्ये कुन बाटो बाट हाम्रो समाज डोर्याउने भन्ने विषयमा स्वस्थ राजनितिन प्रतिस्पर्धा हुनेछ। सके सम्म प्रतिगमनलाई परास्त गर्नुलाई राजनीतिमा फरक धुर्बी भए पनी सहकार्य गरुम भन्ने हो, तर सहकार्यको नाममा नेपाली कांग्रेसले खाय खा नखाइ घिच भने जस्तो गर्छन भने  खनियाबासी बामपंथीहरु आफैमा क्लीयर छ।

व्यवस्था बचाउने एउटै मुद्दामा मात्र हाम्रो मत मिल्छ।आखिर हाम्रो बाटो विचार उदेश्य फरक छ। त्यसैले गठबन्धनको अर्थ भनेको समझदारी मिल्नु हाे।गठबन्धन नाममा हामिलाई बन्धक नबनाउनूहोस। हामीले हाम्रो खनियाबासीको भावना बमोजिम एजेण्डा तय गर्नु छ त्यसैले हामी जिल्ला कार्यदलका प्रतिनिधिहरुलाई न्यायोचित ढंगले चाडो भन्दा  चाडो निष्कर्ष, निचोड निकाल्नु पर्छ भनेर भने।

 

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...