News Portal

आमाले आत्महत्या गरेपछि ६ छोराछोरीको बिचल्लि

हिमालीसंचार संवाददाता
४८४ पटक

अनिल ढकाल,
चितवन। पाँच सन्तान मध्येका कान्छा ४ वर्षका प्रमेश चेपाङ आमा खोज्दै रुन्छन्। बेलाबेलामा सम्झिएर टोलाउछन्। राति सुत्दा अनि विहान उठेपछि आमा खोजि हाल्छन्। आमा कहाँ छिन् भन्दै खौज्न थाल्छन्। उनको अनुहारमा हाँसो भेटिदैन। आफू माथिका दाईदिदीले खानेकुरा दिएर फकाउँछन्।

आमाले आत्महत्या गरेको उनलाई थाहा छैन। आमा विना उनी सुत्न पनि मान्दैनन्। जेठी दिदी करुणा उनलाई सम्झाउदै बसेकी छिन्। आमा खोज्ने भाइलाई अनेक वाहना गरेर भुलाउँछिन्। प्रमेशसहित पाँच भाइबहिनी उनकै पछि लाग्छन्। भाइबहिनीलाई सम्हाल्ने उनको दैनिक हो।

ज्याला मजदुरी गर्न गएकी आमासंग छोराछोरीको भेट भएन। राति फर्किदा भेट भएन। विहान उठ्दा आमालाई रुखमा झुण्डिएको अवस्थामा मात्रै देख्न पाए। एक साता अघि कालिका नगरपालिका १० सुन्दराङकी ३६ वर्षिय विष्णुमाया चेपाङले आत्महत्या गरेपछि उनका ६ जना बालबच्चाको विचल्ली छ।

नगरपालिका भएपनि सुन्दराङ विकट भेगमा पर्छ। ‘यत्रो भाइबहिनी कता लैजानी, थाहै छैन,’ करुणाले भावुक हुँदै भनिन्, ‘घरमा केही छैन, आमाले कमाएर दिने आमै मरेपछि कहाँ जानी के गर्नी भको छ। बा’ले आफै कमाउने आफै खाने हो। कता पढाउनी हो, कहाँ लानि हो ? भन्ने अप्ठ्यारो भाको छ।’

करुणा अपाङ्ग छिन्। आगोले खुट्टा पोल्दा पैतला छैन। गरिबीले पढ्न नपाएपछि रत्ननगर ११ स्थितगाँमवेशीको चेपाङ संरक्षण केन्द्रमा बसेर नजिकैको विद्यालयमा पाँच कक्षामा पढ्छिन्। भाइबहिनीलाई कसरी पालन पोषण गर्ने भन्दै अहिले चिन्तित छिन्।

१० वर्षकी बहिनी अपर्णा, ७ वर्षका भाई रमेश उनीसंगै केन्द्रमा आश्रित छन्। १३ वर्षिय बहिनी नमिना गाँउमै छिन्। ‘काम गर्न गको आमा झुण्डेर मरेको देख्यो। अरु त केही थाहा छैन’ करुणाको सात वर्षिय भाई रमेशले भने,‘हामीले त केही थाहा पाउँछ। भाइ त सधै रोएर आमा खोज्छ।’

विष्णुमायाले आफै कमाएर छोराछोरी पाल्दै आएकी थिइन्। पाखो बारीमा लगाएको मकैले मुस्किलले दुई महिना पनि खान पुग्दैनथ्यो। श्रीमान गमबहादुर ज्याला मजदुरीका लागि नवलपुर छन्। उनले परिवारलाई वास्ता गरेका थिएनन्। गरिबीको चरम अभाव सहन नसकेर आत्महत्या गरेको स्थानीय बताउँछन्। ‘आर्थिक हिसाबले निकै कमजोरी परिवार हो, बालबच्चा पाल्न पनि गारो थियो,’ वडाध्यक्ष दिलबहादुर गुरुङले भने, ‘बालबच्चाको पालनपोषण कसले गर्ने भन्ने समस्या छ। ’

गामवेशी चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले गरिबीको कारण विचल्ली भएको बताए। ‘आमाले आत्महत्या गरेपछि यिनीहरुको विचल्ली छ,’ उनले भने ‘अन्नको गेडोसमेत नभएको विजोग अवस्थाको देखेपछि मैले ल्याएर होस्टेलमा राखेको हो। नियमित स्रोत नभएको कारण बच्चा थपेर राख्न सक्ने अवस्था जटिल छ। कसैले सहयोग गरे यिनीको पालनपोषण सहज हुन्थ्यो कि भन्ने हो।’

प्रतिकृया दिनुहोस्

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...