News Portal

पूर्वराजा र राजपरिवारका सम्पत्तिमा नेताहरुको रजाईं

हिमालीसंचार संवाददाता
३६७ पटक

काठमाडौं। देशमा हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दाको बहस फेरि चर्केको छ। धर्मनिरपेक्ष र गणतन्त्रका पक्षधर भई संविधानमै यसलाई उल्लेख गर्ने पक्षका दलहरुप्रति असन्तुष्टि बढ्दै जाँदा यो मुद्दाले ठाउँ पाएको हो।

हिन्दुराष्ट्र र राजसंस्था पक्षधर शक्ति र दलहरुप्रति जनताको आस्था र विश्वास बढेरभन्दा गणतन्त्र र धर्मनीरपेक्ष पक्षधर दल र तिनका नेताहरुको कार्यशैली विवादमा परेपछि नयाँ परिस्थिति विकास हुँदै गएको छ। यतिसम्मकी तत्कालीन राजाहरुको दरबार नारायणहिटीलाई व्यवसायीकरण गर्नमा दलका प्रभावशाली नेताहरुको अप्रत्यक्ष भूमिका खुलिसकेको छ।

पूर्वराजा वीरेन्द्र र उनको परिवारको नाममा ल्याइएको नेपाल ट्रष्टको जग्गामा समेत व्यापक व्यवसायीकरण गरिएको छ। राजनीतिक शक्तिलाई प्रभावमा पारी उनीहरुले धमाधम लिजमा लिन थालेका छन्।

पूर्वराजा र राजपरिवारसँग जोडिएका कतिपय संस्था र सम्पत्तिमा नेताहरुको रजाईं चल्न थालेको छ। यसको भेउ पाएपछि जनताले राजसंस्थामा भन्दा गणतन्त्रमा झन् सार्वजनिक सम्पत्तिहरुको दुरुपयोग देख्न थालेका छन्। तर, राज्य यस्ता घटनाहरुलाई छोप्न लागिपरेको छ।

अर्कोतर्फ, सत्तामा रहेका र प्रतिपक्षमा रहेका दलहरुको भूमिका विवादास्पद बन्दै गएको छ। उनीहरु हरेक कुरामा व्यापार देख्न र गर्न थालेका छन्। राजनीतिमा व्यवसायीलाई तान्न थालेका छन्। व्यवसायी नै नेता र नेता नै व्यवसायीको स्थिति बन्न थालेको छ।

पछिल्लो समय राजसंस्था र हिन्दुराष्ट्रको मुद्दाप्रति प्रचण्ड र माधव नेपालले सबैभन्दा आक्रोश पोखेका छन्। काँग्रेसभित्रका प्रभावशाली नेताहरु पनि यो मुद्दाविरुद्ध बोलिरहेका छन्।

यही घटनाक्रम विकास हुँदा हिन्दुराष्ट्र र राजसंस्था पक्षधर राष्ट्रिय प्रजातन्त्र पार्टीलाई एउटा पत्र निर्वाचन आयोगबाट गएको छ। यो पत्रमा उसको विधानमा हिन्दुराष्ट्र र राजसंस्था हटाउन भनिएको छ। यसलाई संविधानको प्रस्तावना एवं भावनाको प्रतिकूल भनिएको छ।

आयोगले संविधान विपरितको कदम भनेपनि यसमा कुनै राजनीतिक उद्देश्य लुकेको देखिन्छ। विशेषगरी राजसंस्था र हिन्दुराष्ट्रको मुद्दालाई उठ्नै नदिने गरी योजनावद्ध तरिकाले यसलाई चुनौती दिन खोजिएको विश्लेषण भइरहेको छ।

तर, आयोगको यो कदमले राजसंस्था र हिन्दुराष्ट्रका पक्षधरप्रति उल्टै सहानुभूती बढ्ने अवस्था विकास भएको छ। हिन्दुराष्ट्र र राजसंस्था पक्षधरलाई सडकमा आउने परिस्थिति विकास हुनसक्ने भएको छ।

प्रतिकृया दिनुहोस्

मिनिल्यान्डले 4 GPA ल्याउने भानुभक्तलाई सम्मान गर्‍यो

रबिन्द्र बराल- मोरङको रङ्गेली–७ मा रहेको मिनिल्यान्ड इङ्लिस बोर्डिङ स्कुलले एसईई परीक्षामा 4 GPA प्राप्त...

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...