News Portal

गेउरिया पुल दुर्घटनाको हट स्पाेट बन्दै, कार्वाहीकाे लागि निवेदन दर्ता

हिमालीसंचार संवाददाता
३२६ पटक

रबिन्द्र बराल। माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड अन्तर्गत कानेपाेखरी गाउँपालिका-२ स्थित गेउरीया पुल पछिल्लो समय दुर्घटनाको लागि हट स्पाेट बन्दै गएको छ।

बर्षाेदेखि ठेक्केदारकाे लापरबाहीका कारणले गर्दा समयमै पुल निर्माणकार्य सम्पन्न नहुदा साे ठाउँमा पटक-पटक दुर्घटना हुदै आईरहेकाे छ। एक बर्षकाे अबधिमा उक्त ठाउँमा एक दर्जन भन्दा बढि माेटरसाईकल दुर्घटना हुनुकाे साथै एक जनाले ज्यान समेत गुमाईको प्रहरीले जनाएको छ।

त्यसगरी केही दिन अगाडि राति कानेपाेखरी स्थित कालिस्थान नजिकै आगलागी भएको ठाउँमा रंगेलीबाट आगाे निभाउन जादै गरेको रंगेली नगरपालिकाकाे दमकल समेत साेहि ठाउँमा माेटरसाईकल लाई साईड दिने क्रममा दकमल समेत पल्टिएको थियोे। बारम्बार दुर्घटना हुदा समेत ठेक्केदार कम्पनी लाई कुनै निकायल कार्वाही नगरेको भन्दै कारवाहिकाे लागि जिल्ला प्रशासन कार्यालय बिराटनगरमा कानेपाेखरीका दुई युवा राजेन्द्र कुमार मण्डल(अविनाश) र अर्जुन कुमार आचार्यले समयमै निर्माण नगर्नलाई कारबाही गर्नेका लागि निवेदन समेत दर्ता गराएका छन।

निवेदन यस्तो छ:

श्रीमान प्रमुख जिल्ला अधिकारी ज्यू जिल्ला प्रशासन कार्यालय मोरङ।
विषय : ठेक्का लागेको गेउरिया खोलाको पल समयमै निर्माण नगर्नलाई कारबाही गरिपाउँ।
महोदय,
उपरोक्त सम्बन्धमा मोरङको कानेपोखरी-२ (दर्बेसा र केराउन जोड्ने) मा रहेको गेउरिया खोलाको पुल निर्माणका लागि आर्थिक वर्ष २०७०/०७१ मै ठेक्का लागेको थियो । उक्त पुल निर्माणको ठेक्का Future/Saraujdin_J.V. Butaha, Sunsari (सराजदिन अन्सारी ९८५२०४१२६७) ले पाएको थियो र सम्झौता पनि भएको हो । २ वर्षभित्र सक्ने गरी सम्झौता भएपनि ७ वर्ष वितिसक्दा पुल निर्माण हुन सकेको छैन । पुल नहुँदा उक्त ठाउँमा सर्वसाधरण आवतजावतमा समस्या छ । समस्या मात्रै होइन गत बुधबार राती आगो निभाउन हिडेको दमकल खोलाबाटै तर्ने क्रममा त्यहाँ पल्टिएको थियो। सो स्थानमा यसखालका सवारी साधन पल्टिने दुर्घटना क्रम लामो समयदेखि निरन्तर जारी छ । यसको सम्पूर्ण कारण भनेको पुल नहुनु नै हो। पुल निर्माण गर्ने सम्झौता गरेर पुल निर्माण नगर्दा भइरहेको क्षतिको जिम्मेवारी कसले लिने ? त्यसका साथै पुल निर्माणमा किन लापरवाही भइरहेको छ ? आवश्यक छानविन गरी दोषि उपर कारबाही गर्न तथा छिटोभन्दा छिटो उक्त पुल निर्माणको लागि पहल गरिदिन यो निवेदन पेश गरेका छौं भनेका छन। जिल्ला प्रशासन मा माघ ६ गते निवेदन दिएको र १७५२ नम्बर मा दर्ता समेत गरिएको छ । बिगत ८ बर्ष देखि उक्त पुल अलपत्र भएता पनि तीन महिना अगाडि देखि पुल निर्मण सुरु गरेर पुलकाे दुवै साईडमा पिलर बनाएर छाडेपछि अहिले साेहि पिलर मा ठाेकिएर एक जनाएको ज्यान समेत गईसकेकाे स्थानीयले बताए । पुल काे निर्माणकार्य २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेवि ले ठेेेक्का पाएकाे थियोे । १५ मिटर लम्बाई पुल निर्माण गर्ने १ कराेड १८ लाख रुपैयाँ मा ठेक्का समेत पाएकाे थियोे । उक्त कम्पनी ले ५७ लाख रुपैयाँ समेत भुक्तानी लगिसकेकाे बुझिएको छ।

सराउद्विन जेवि ले दुई बर्ष भित्र पुल निर्माणकार्य सम्पन्न गरि सकेर नेपाल सरकारलाई हस्तान्तरण गरिसक्नु पर्ने भएता पनि ८ बर्ष बितिसक्दा समेत पुल काे काम भने सम्पन्न हुन नसक्दा दैनिकी साे सडकमा दुर्घटना हुदै आईरहेकाे छ। दैनिकी उक्त सडक बाट सयौं सवारीसाधन हरु आवतजावत गर्ने गरेका छन।

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...