News Portal

  • क्यानविरुद्ध उत्रिए खेलाडी, १३ खेलाडी आएनन् क्यानको सम्पर्कमा (नामसहित)

    हिमालीसंचार संवाददाता
    २९८ पटक

    यज्ञराज जोशी, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध खेलाडीहरु विद्रोहमा उत्रिएका छन्। क्यानले आगामी फेब्रुअरीमा हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बोलाएको बन्द प्रशिक्षणका लागि सम्पर्कमै नआएर १३ जना खेलाडीले विद्रोह गरेका हुन्।

    बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई क्यानले शनिबार साँझसम्म होटलमा रिपोर्टिङका लागि निर्देशन दिएको थियो। तर आइतबार बिहानसम्म १७ जना खेलाडी मात्रै सम्पर्कमा आएका छन्। १३ जना खेलाडी आइतबार बिहानसम्म पनि सम्पर्कमा आएका छैनन्। केही खेलाडी आइतबारसम्म टोलीसँग आबद्ध हुने क्यानका एक सदस्यले जनाए।

    क्यानको सम्पर्कमा पुगेका खेलाडीहरुमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेशपुलामी मगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह छन्।

    यस्तै, होटल पनि पुगेर सम्पर्कमा नआएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, विक्रम सोब, रोहित कुमार पौडेल र नन्दन यादव छन्।

    अनुशासनको कारबाहीमा परेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले शनिबार क्यानलाई इमेलमार्फत पत्र लेख्दै आफूहरुमाथिको कारबाही फिर्ता गर्न अनुरोध गरेका छन्। बाँकी खेलाडी भने उनीहरुको समर्थनमा सम्पर्कमा नआएका हुन्।

    विनोद भण्डारी, करण केसी, रोहित पौडेल, कुशल भुर्तेललगायत खेलाडीले सामाजिक सञ्जालमार्फत नै कारबाहीमा परेका खेलाडीप्रति ऐक्यबद्धता जनाएका थिए। खेलाडीहरु नआए पनि क्यान बन्द प्रशिक्षण रोक्ने मनसायमा छैन। सम्पर्कमा आएका खेलाडीले आज होटलमै आन्तरिक तयारी गर्ने भएका छन्।

    क्यानका एक सदस्यका अनुसार होटलमा आज प्रशिक्षकसँग अन्तर्क्रिया तथा शारिरिक अभ्यास हुनेछ भने सोमबारदेखि टोली मैदान जानेछ। ‘आज खेलाडीहरुको आन्तरिक तयारी होटलमै हुन्छ। प्रशिक्षकसँग अन्तर्क्रिया, फिजियो र योजना निर्माणका कामहरु हुन्छन्,’ क्यानका एक सदस्यले भने, ‘भोलि देखि मैदानमै गएर बन्द प्रशिक्षण हुनेछ।’

    विश्वकप छनोटका लागि दुई महिना कम समय बाँकी रहँदा नेपाली क्रिकेट टोलीको भने बन्द प्रशिक्षण नै सुरु हुन नसकेको हो। क्यानले अनुशासन उल्लंघन गरेको भन्दै ४ जना खेलाडीलाई गत मंसिर २९ गते कारबाही गरेको थियो। मल्ल र ऐरीलाई पदबाट हटाएकाे क्यानले बाँकी दुई जनालाई ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

    सम्झौताविपरीत क्यानविरुद्ध सार्वजनिक मिडियामा बोलेको भन्दै खेलाडीहरूलाई अनुशासनको कारबाही गरिएकाे हाे। आफूहरुविरुद्ध भएको कारबाहीमा पुनर्विचार गर्न खेलाडीहरूले माग गरिरहेका छन्। नेपाली टाेली सम्हाल्न फेरि आएका प्रशिक्षक पुबुदु दासानायकेले पनि शुक्रबार कप्तान परिवर्तन नहुने अभिव्यक्ति सार्वजनिक गरेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...

    शेरबहादुर र आरजु देउवा अस्पतालमै, अझै साताभन्दा बढी समय उपचार आवश्यक

    काठमाडौं, भदौ ३० – नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी पूर्वमन्त्री...

    आज २०८२ साल भदौ ३० गतेको राशिफल

    आज भदौ ३०, २०८२ (सेप्टेम्बर १५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    नख्खु जेलबाट फरार विदेशी कैदी पक्राउ

    जनकपुरधाम, भदौ २९ – नख्खु कारागारबाट भागेका चार जना विदेशी कैदीबन्दीलाई धनुषा प्रहरीले नियन्त्रणमा लिएको छ।...