News Portal

क्यानविरुद्ध उत्रिए खेलाडी, १३ खेलाडी आएनन् क्यानको सम्पर्कमा (नामसहित)

हिमालीसंचार संवाददाता
४२६ पटक

यज्ञराज जोशी, काठमाडौँ। नेपाल क्रिकेट संघ (क्यान) विरुद्ध खेलाडीहरु विद्रोहमा उत्रिएका छन्। क्यानले आगामी फेब्रुअरीमा हुने आईसीसी टी–२० विश्वकप छनोटका लागि आइतबारदेखि काठमाडौंमा बोलाएको बन्द प्रशिक्षणका लागि सम्पर्कमै नआएर १३ जना खेलाडीले विद्रोह गरेका हुन्।

बन्द प्रशिक्षणमा बोलाएका ३० जना खेलाडीलाई क्यानले शनिबार साँझसम्म होटलमा रिपोर्टिङका लागि निर्देशन दिएको थियो। तर आइतबार बिहानसम्म १७ जना खेलाडी मात्रै सम्पर्कमा आएका छन्। १३ जना खेलाडी आइतबार बिहानसम्म पनि सम्पर्कमा आएका छैनन्। केही खेलाडी आइतबारसम्म टोलीसँग आबद्ध हुने क्यानका एक सदस्यले जनाए।

क्यानको सम्पर्कमा पुगेका खेलाडीहरुमा कप्तान सन्दीप लामिछाने, शरद भेषावकर, मोहम्मद आरिफ शेख, कुशल मल्ल, मोहम्मद आशिफ शेख, साहब आलम, पवन सरार्फ, भीम सार्की, प्रदीप ऐरी, गुलशन कुमार झा, जितेन्द्र मुखिया, विवेककुमार यादव, सौरभ खनाल, राजेशपुलामी मगर, किशोर महतो, सागर ढकाल र हरिशंकर शाह छन्।

यस्तै, होटल पनि पुगेर सम्पर्कमा नआएका खेलाडीमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, करण केसी, सोमपाल कामी, विनोद भण्डारी, कुशल भुर्तेल, कमलसिंह ऐरी, सन्दीप जोरा, अभिनाश बोहरा, सुशान भारी, विक्रम सोब, रोहित कुमार पौडेल र नन्दन यादव छन्।

अनुशासनको कारबाहीमा परेका तत्कालीन कप्तान ज्ञानेन्द्र मल्लसहित उपकप्तान दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीले शनिबार क्यानलाई इमेलमार्फत पत्र लेख्दै आफूहरुमाथिको कारबाही फिर्ता गर्न अनुरोध गरेका छन्। बाँकी खेलाडी भने उनीहरुको समर्थनमा सम्पर्कमा नआएका हुन्।

विनोद भण्डारी, करण केसी, रोहित पौडेल, कुशल भुर्तेललगायत खेलाडीले सामाजिक सञ्जालमार्फत नै कारबाहीमा परेका खेलाडीप्रति ऐक्यबद्धता जनाएका थिए। खेलाडीहरु नआए पनि क्यान बन्द प्रशिक्षण रोक्ने मनसायमा छैन। सम्पर्कमा आएका खेलाडीले आज होटलमै आन्तरिक तयारी गर्ने भएका छन्।

क्यानका एक सदस्यका अनुसार होटलमा आज प्रशिक्षकसँग अन्तर्क्रिया तथा शारिरिक अभ्यास हुनेछ भने सोमबारदेखि टोली मैदान जानेछ। ‘आज खेलाडीहरुको आन्तरिक तयारी होटलमै हुन्छ। प्रशिक्षकसँग अन्तर्क्रिया, फिजियो र योजना निर्माणका कामहरु हुन्छन्,’ क्यानका एक सदस्यले भने, ‘भोलि देखि मैदानमै गएर बन्द प्रशिक्षण हुनेछ।’

विश्वकप छनोटका लागि दुई महिना कम समय बाँकी रहँदा नेपाली क्रिकेट टोलीको भने बन्द प्रशिक्षण नै सुरु हुन नसकेको हो। क्यानले अनुशासन उल्लंघन गरेको भन्दै ४ जना खेलाडीलाई गत मंसिर २९ गते कारबाही गरेको थियो। मल्ल र ऐरीलाई पदबाट हटाएकाे क्यानले बाँकी दुई जनालाई ६ महिना केन्द्रीय सम्झौतामा नराख्ने निर्णय गरेको थियो।

सम्झौताविपरीत क्यानविरुद्ध सार्वजनिक मिडियामा बोलेको भन्दै खेलाडीहरूलाई अनुशासनको कारबाही गरिएकाे हाे। आफूहरुविरुद्ध भएको कारबाहीमा पुनर्विचार गर्न खेलाडीहरूले माग गरिरहेका छन्। नेपाली टाेली सम्हाल्न फेरि आएका प्रशिक्षक पुबुदु दासानायकेले पनि शुक्रबार कप्तान परिवर्तन नहुने अभिव्यक्ति सार्वजनिक गरेका छन्।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...