News Portal

राप्रपाको मतदान लम्बियो, आज अबेरसम्म मतदान हुने

हिमालीसंचार संवाददाता
४८७ पटक

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको मतदान प्रक्रिया लम्बिएको छ । शनिबार साँझ ७ बजेसम्म करिब ३१ सय मत खसेको निर्वाचन समितिका सदस्य श्याम शाहीले जानकारी दिए ।

उनका अनुसार सबै मतदान सकिन अझै कम्तिमा पनि ६ घण्टा लाग्ने देखिएको छ । ‘मतदान प्रक्रिया चलिरहेको छ । यही गतिमा अघि बढे राति १ बजेसम्म सकिन्छ होला’, उनले भने । 

राप्रपाको नयाँ नेतृत्व चयनका लागि कुल मतदाता ४ हजार ४६९ रहेका छन् । यसअघि संख्या धेरै भएपनि दावी विरोधपछि निर्वाचन समितिले मतदानको अधिकार पाउने मतदाताको संख्या घटाएको थियो ।  

राप्रपाको निर्वाचन प्रक्रियामा २६४ उम्मेदवार रहेका छन् भने नेतृत्वका लागि कमल थापा र राजेन्द्र लिङ्देन चुनावी मैदानमा रहेका छन् ।

प्रतिकृया दिनुहोस्

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...