News Portal

कुवेतमा सरद परियारकाे हृदयघातका कारण निधन

हिमालीसंचार संवाददाता
१२८६ पटक

कुवेत – कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका सरद परियारको ३ अक्टोवर २०२१ आइतबार बिहान ४ बजे कार्यस्थलमै निधन भएको छ। कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए।

त्यस लगत्तै उनको निधन भएको सहकर्मी साथीले बताए। तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भई रोजगारीको सिलसिलामा कुवेत आएका परियारको कार्यस्थलमै निधन भएको हो।

मृतक परियारको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ। उनी रक्तचापबाट ग्रसित थिए। मृतकको घरमा दुइ छोरी, एक छोरा र श्रीमती छन्।

नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार ‘मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार बेलुका कतार एयरलाइन्सबाट नेपाल पठाइन लागिएको छ। मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

प्रतिकृया दिनुहोस्

रंगेलीमा रास्वपाको संगठन विस्तार : संघर्षबाट नेतृत्वसम्मको यात्रा

रबिन्द्र बराल- मोरङको रंगेली नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संगठन निर्माणको यात्रा सहज थिएन।...

सार्वजनिक शौचालयमा रकम उठ्छ, सुविधा छैन — नगरपालिका मौन

मोरङ रंगेली नगरपालिका–७ स्थित मुख्य बसपार्कमा रहेको सार्वजनिक शौचालय अव्यवस्थित हुँदा दैनिक आवतजावत गर्ने यात्रु, सवारी...

रास्वपा रंगेलीको नेतृत्वमा हरेन्द्र बराल विजयी

रबिन्द्र बराल- (रास्वपा) रंगेली नगरपालिकाको प्रथम ऐतिहासिक नगर अधिवेशन सम्पन्न भएको छ। अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनमा...

भवन मात्रै होइन, गुणस्तरीय शिक्षा चाहियो !

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिका–७ स्थित आदर्श माध्यमिक विद्यालय मा १२ कोठे आधुनिक विद्यालय भवन...

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...