News Portal

कुवेतमा सरद परियारकाे हृदयघातका कारण निधन

हिमालीसंचार संवाददाता
११५९ पटक

कुवेत – कुवेतको केआरएच कम्पनी मार्फत सेक्युरिटीको काम गर्दै आएका सरद परियारको ३ अक्टोवर २०२१ आइतबार बिहान ४ बजे कार्यस्थलमै निधन भएको छ। कोठाबाट स-कुशल काम गर्न कार्यस्थल निस्केका परियार कम्पनीमा पुगेपछि अचानक ढलेका थिए।

त्यस लगत्तै उनको निधन भएको सहकर्मी साथीले बताए। तनहुँको भिमाद नगरपालिका रिसिङपाटन घर भई रोजगारीको सिलसिलामा कुवेत आएका परियारको कार्यस्थलमै निधन भएको हो।

मृतक परियारको हृदयघातका कारण ज्यान गएको अस्पताल श्रोतले पुष्टि गरेको छ। उनी रक्तचापबाट ग्रसित थिए। मृतकको घरमा दुइ छोरी, एक छोरा र श्रीमती छन्।

नेपाली दूतावास कुवेतका द्वितीय सचिव श्रीकृष्ण शिलवालका अनुसार ‘मृतकको शव आवश्यक कानुनी प्रक्रिया पुरा गरेर बुधबार बेलुका कतार एयरलाइन्सबाट नेपाल पठाइन लागिएको छ। मृतकको शव बिहिबार बिहान ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १७ गतेको राशिफल

आज माघ १६, २०८२ (जनवरी ३०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

कैलालीमा बालेन जस्तै देखिने व्यक्तिको भिडियो भाइरल

धनगढी, माघ १६ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह सुदूरपश्चिम भ्रमणमा...

कुवेतमा नेपाली श्रमिक लक्षित श्रम सचेतना अन्तरक्रिया कार्यक्रम सम्पन्न

कुवेत– कुवेतमा कार्यरत नेपाली श्रमिकहरूलाई श्रमसम्बन्धी विविध पक्ष तथा महत्त्वपूर्ण कानुनी व्यवस्थाबारे जानकारी प्रदान गर्ने...

सुधारिएको कांग्रेसले देश परिवर्तन गर्ने दाबी, विगतका कमजोरी नदोहोर्‍याइनेः सभापति थापा

काठमाडौं, माघ १६ – नेपाली कांग्रेसका सभापति गगन थापाले अहिलेको कांग्रेस विगतभन्दा फरक र परिमार्जित...

सुनचाँदीको मूल्यमा गिरावट, स्थानीय बजारमा कारोबार सस्तो

काठमाडौं, माघ १६ – स्थानीय बजारमा शुक्रबार सुनचाँदीको मूल्य घटेसँगै खरिद–बिक्री सस्तो भएको छ। नेपाल...